०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ

विराटनगर ३ दुध फारम अगाडी हाइवेमा हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ शुक्रवार आज भएको छ ।
Logo
जनचर्चा संवाददाता

हिलटन रेष्ट्रो

विराटनगर ३ दुध फारम अगाडी हाइवेमा हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ शुक्रवार आज भएको छ । सो कुराको जानकारी यस हिलटन रेष्ट्रोका संचालक चमेशराज ढकालले दिएका छन् । कुनै तामझाम विना सामान्य तरिकाले होटलको शुरुवात भएको हो । ओपनिङमा यहाँका संचालकले आफ्नै साथीभाइ सर्कल लगायत सम्पूर्ण विराटनगरवासीलाई चुलै निम्तो दिएका पनि छन् ।

ओपनिङको मौकामा आज १० प्रतिशत छुट प्रत्येक आइटममा दिइएको छ । यसलाई केही समय अझै लगिने समेत संचालकले बताएका छन् । यस होटलमा खसीको मासुको विशेष परिकार पाइन्छ । जस्तै ः – खसीको पक्कु , सेकुवा , लगायत अन्य स्पेशल परिकारहरु उपलब्ध हुनेछन् । अरुभन्दा फरक , स्वादिष्ट , अर्गानिकतानै हिलटनको प्रमुख विशेषता रहने कुरा छ ।

खसीको विविध परिकारका अलावा , मम , चाउमिन , खाना , चिसो –तातो पनि उपलब्ध हुनेनैछन् । यहाँ रेष्ट्रोमा आउने , मज्जाले खाने अनि अगाएर जाने , यहीनै हिलटनको विशेषता रहने छ । रु १० करोड(घडेरी–कन्स्ट्रक्सन समेत) आसपास लगानी रहेको यस होटल साच्चैनै शानदार राम्रो , पूर्ण त पारिवारिक बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]