०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विज्ञान र प्रविधितर्फ शिक्षणलाई ढल्काँउन पूर्वराष्ट्रपति भण्डारीकाे जाेड

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, चैत्र १६, २०८०

विराटनगर,१६ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताएकी छन्।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्‍याउन सुझाव दिइन्। पूर्वराष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं आविष्कार गरी विश्वमा मुलुकको नाम राख्न विद्यार्थीलाई अनुरोध गरिन्।

उनले खाद्य सुरक्षा, जलवायु परिवर्तनको अनुकूलता र मुलुकको अर्थतन्त्र सबल बनाउने विषयमा विद्यार्थीले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियरलगायत उत्पादन गर्ने भएकाले शिक्षालयको विकासका लागि सहमतिका आधारमा सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ।’

क्याम्पसका प्राचार्य रामावतार शरण, युनियनका सभापति जसवन्त पौडेललगायतले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गरे।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै क्याम्पसमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने विभिन्न अस्पताललाई प्रमाणपत्र प्रदान गरेकि थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]