०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मुस्लिम संघ मोरङले दियाे इफतारकाे दावत

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत १७ । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ ।

नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी आयोजना गरिएको बताए । इफतार पार्टीका मुस्लिम र गैर मुस्लिम समुदायको सभागिता थियो ।

शनिबार साँझ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुली,मुस्लिम समुदायका अगुवा एवं नेपाली कांग्रेसका नेता हसन अन्सारी, एमाले नेता जीवन घिमिरे,कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, तमलोपाका मोहमद कादिर, नेकपा एसका नेता वसिम आलम, कांग्रेसका सलिम अन्सारीलगायत मुस्लिम समुदायका अगुवाहरुको सहभागिता थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]