२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा व्यापार मेला हुने

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, चैत्र १९, २०८०

विराटनगर, चैत १९। विराटनगर साझा प्रयास नेपालको आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने आयोजक संस्था साझा प्रयास नेपालले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

साे मेला विराटनगरको आयल निगम पश्चिम पट्टीको खाली जग्गामा सञ्चालन गरिने आयाेजककाे तयारी छ । आयोजक सस्था प्रयास नेपालकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि चलायमान बनाउने  र याे मन्दीकाे बेला व्यवसायलाई तङग्रीन मद्दत पुर्‍याउने बताईन ।  प्रदर्शनी स्थलमा फरक शैलीबाट नयां पनका साथ एक्स्पो सञ्चालन गरिने अध्यक्ष खडकाको दावी छ । अध्यक्ष खड्का अनुसार मेलामा ३ लाख बढीले अवलोकन गर्ने र ६९ लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहने छन् । आजसम्म ६० स्टल दर्ता भएको भईसकेकाे आयाेजकले जानकारी दिएका छन् । आयोजक सस्थाकी सचिव इन्दिरा दाहाल खड्काले प्रदर्शनी स्थलमा मेलाको आवश्यक तयारीका काम अन्तर्गत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको जानकारी दिइन् ।

मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुकाे  प्रस्तुति समेत राखिएकाे आयोजक सस्थाले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]