११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

एटीएमबाट पैशा निकाल्ने सिमा घटाईयो

एक पटकमा २० हजार, एक दिनमा ६० हजार मात्र निकाल्न पाईने
Logo

काठमाडौं, भाद्र २०
एटीएमबाट ग्राहकले निकाल्न सक्ने रकमको सीमा घटाईएको छ । नँया नियम अनुसार अब एक पटकमा बढीमा २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्र निकाल्न पाईने भएको छ । यस अघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न सकिने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले उक्त नियम लागु गर्न सबै वित्तय सस्थालाई परिपत्र समेत गरेको छ ।
केही दिनअघि चिनियाँ ह्याकरले एटीएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले नयाँ नियम बनाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]