०५ माघ २०८२, आइतबार
18-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एपीएफ विराट गाेलडकपकाे सेमिफाइनलमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत २० । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो ।

जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ ।
जितको लागि एपीएपका प्रदिप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो । ५७ औं मिनेटमा एपीएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । ८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे ।
छैठौं संस्करणको विराट गोल्डकपको बिजेता समेत रहेको एपीएफले दश महिना पछि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाईजले एपीएफलाई ४ –१ गोलले पराजित गरेको थियो ।
ंचर्चब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको छ । खेलको सुरूवातदेखि एपीएफले आक्रमक खेल पस्कियो । खेल सुरु भएको १५ औं मिनेटमा एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । प्रदिपले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । २७ मिनेटमा एसपीएफका जोनाह ग्लोरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो । त्यसलगतै ३४ मिनेटमा एपीएफका प्रदीप लामाले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको फ्लिकलाई उत्कृष्ठ रुपमा चर्चब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाए । ४४ औं मिनटमा चर्च ब्वाइजका राजेश परियारले डिबक्स नजिकबाट गरेको कडा प्रहार बाहिरयो ।
आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्दा विराट गोल्डकपको दाबीदारीको रुपमा हेरिएको चर्चब्वाइजको लागि दुर्भाग्यपूर्ण बन्यो ।
हारपछि चर्चब्वाइजका प्रशिक्षक रुबेन राईले टिम सेटको दुई जना खेलाडी गोल्डकप बाहिर हुनुै टोलीको लागि पराजयको अवस्था आएको बताए । ‘खेलमा अतिरिक्त खेलाडीपनि मैले मैदानको लागि राख्ने खालको भएन,’ उनले भने, ‘धेरै खेलाडीहरु घाइते भएकोले यो अवस्था आएको हो ।’ अघिल्लो दुई खेलमा एपीएफलाई पराजय गरेको हुँदा आज पनि उत्साहित भए पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको उनले बताए ।
यता जितेपछि एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताए । ‘अघिल्लो खेलहरुमा पनि प्रदिप लामाले गोल गरेका थिए । उनीसँगै अहिले एपीएफको टिम सन्तुलित रहेको छ ।’
खेलको म्यान अफ म्याच एपीएफका प्रदिप लामा घोषित भए । उनले नगद ११ हजार पाए ।

गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने आयोजक गोल्डकप ट्रष्टका सचिव तथा प्रचार प्रसार संयोजक ध्रुव सिग्देलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ । निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । उनले कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको र सोमध्य एक जनाको […]