२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा खुल्याे किरण क्लासिककाे चाैथाैं आउटलेट

Logo
निरज बस्नेत प्रकाशित मंगलबार, चैत्र २०, २०८०

विराटनगर, चैत २० । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा आफ्नाे चाैथाे आउटलेट संचालनमा ल्याएको छ । विराटनगरकाे सबैभन्दा पुरानाे र आधाकारिक बेकरी “किरण क्लासिक“ले  विराटनगरकाे विरेन्द्रसभागृह विपरितमा नयाँ आउटलेट शनिबारदेखि संचालनमा ल्याएकाे हो ।

शोरुम संचालनको अवसरमा उद्योगले १० दिनसम्म आफ्ना सबै उत्पादमा विषेश छुट दिने घोषणा समेत गरेको छ । किरण क्लासिककाे आउटलेटहरुमा आफ्नै उद्योगमा निर्माण गरिएका केकहरुका साथै बेकरीका सबै उत्पादन र स्न्याक्स्हरु समेत उपलब्ध छ । किरणका केही आउटलेटहरुमा लाईभ केककाे पनि व्यवस्था छ, जहाँ ग्राहकहरुले आफ्नै आँखाकाे अगाडि बनाएकाे फ्रेस केक खरिद गरेर लान सक्छन् । किरण क्लासिककाे कलेजराेड, बाटाराेड र गुद्रीमा अन्य आउटलेटहरु संचालनमा छन् ।

किरण क्लासिककाे विराटनगरमा सबैभन्दा ठुलाे बेकरी सप्लाई छ । क्लासिकका उत्पादनहरु विराटनगरकाे चप्पाचप्पामा रहेकाे किराणा पसलमा पाईने गरेकाे छ ।  किरण क्लासिकका संचालक संजय व्यास हुन् । उनका बुवा स्व: डा.रामजीप्रसाद व्यासले तिन दशक भन्दाअघि विराटनगरमा किरण बेकरीकाे संचालनमा गरेका हुन् । रामजीप्रासदले आफ्नी कन्छी छाेरी किरण ब्यासकाे नाम साे बेकरी संचालनमा ल्याएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]