२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगरकाे कञ्चनबारीमा व्यापार मेला सुरु

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, चैत्र २६, २०८०

विराटनगर, २५ चैत ।
‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ ।

विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नेता पराजुलीले महिलाहरुको सक्रियतामा यसखाले मेलाको आयोजना हुनु विराटनगरका लागि गौरवको विषय भएको बताए । आर्थिक मन्दीका वीच मेला आयोजना गरेर उर्जा प्रवाह गर्ने कार्यको प्रशंसा गर्दै पराजुलीले मेलाको सफलताको शुभकामना व्यक्त गरे ।

चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने मेलाका लागि आयोजक संस्था साझा प्रयास नेपालले गरिरहेको छ । संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने आशा ब्यक्त गरिन ।

महिलाहरुमात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काले गरिन् । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहेका छन् ।

यस्तै मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका मोरङ इन्चार्ज भरत दाहाल,घरेलु महासंघको केन्द्रीय सदस्य जानुका थापा,नेपाली कांग्रेस जिल्ला सदस्य तथा महोत्सवका सल्लाहकार देवचन्द्र घिमिरे ,राष्ट्रिय गायक सुमित खड्का ,बुढीगंगा गाउँपालिका कार्यपालिका सदस्य मीना बिश्वास, गायक श्रीकृष्ण लुइटेल,सामाजिक अभियन्ता प्रदिप विस्वास लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]