०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

शुक्रबार गायकद्वय खड्का र गौतमले कञ्चनबारी महोत्सव तताउने

Logo
जनचर्चा संवाददाता

विराटनगर, ३० चैत । ‘स्वरोजगार, आत्मनिर्भरता (हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ विराटनगरको आयलनिगम कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी जारी छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा भएको मेला चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुँदैछ ।

मेलाका लागि आयोजक संस्था साझा प्रयास नेपालले गरिरहेको छ । संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने आशा ब्यक्त गरिन । महिलाहरुमात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काले गरिन् । मे

लामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । यस्तै मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ । बिहीबार गायक महेश काफ्लेले सांगीतिक माहोल तताएका छन् भने शुक्रबार राष्ट्रिय गायक सुमित खड्का र अन्जु गौतमले मनोरज्जन प्रदान गर्ने भएका छन् । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]