०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

ताण्डव रेष्ट्राेमा शनिवार नयाँ वर्ष विशेष सांगितीक धमाका

ताण्डवमा सुमित स्पेशल धमाका साथमा अन्जु गौतम
Logo
निरज बस्नेत

विराटनगर, १ बैशाख ।  नयाँ बर्ष २०८१ को अवसरमा विराटनगरकाे ताण्डव रेष्टुरेण्टले  बैशाख १ गते शनिवार साझ सा‌ंगितीक धमाका गर्न लागेको छ । गायकद्वय सुमित खड्का र अन्जु गौतमले सांगितीक प्रस्तुति दिन लागेकाे ताण्डव रेष्टुरेण्टकी संचालिका राधा आचार्य ढकालले जानकारी दिएकी छिन् ।  गौतम र खड्काले आफ्ना मिठा–मिठा गीत संगीत कलेक्सनहरु पस्किने तयारी रहेकाे छ । यसका अलावा आकर्षक नृत्य र  र्‍यापर गानाकाे प्रस्तुती समेत हुने भएकाे छ ।

नयाँ वर्षकाे अवसरमा रेष्टुरेण्टको तर्फबाट आएका ग्राहकहरुको लागि स्वादिष्ट खानाका विविध परिकारको साथमा पेय पदार्थको राम्रो प्रबन्ध मिलाइएको छ । साथै रेष्टुरेण्टकै तर्फबाट कम्प्लीमेन्टरी वेलकम ड्रिंककाे  व्यवस्था समेत मिलाईएकाे छ । कार्यक्रम निकैनै आकर्षक , रमाइलो हुने पूर्वअनुमान छ । राष्ट्रिय गायक सुमित , त्यहाँमाथि गायक सुमितको बढ्दो क्रेज यसले गर्दापनि दर्शकहरुको राम्रै भीडभाड हुने देखिन्छ । अझ भन्दा नयाँ बर्षमा रमाइलो गर्ने बहाना पनि बनेकै छ । अनि गायिका अन्जुको मिठो आवाजका पारखीहरुको एकखाले राम्रै जमात् पनि त छ । साथमा आकर्षक नृत्यले पनि आम मनोरन्जनप्रेमीलाई लोभ्याउने भईहाल्याे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]