२९ आश्विन २०८२, बुधबार
15-10-2025 , Wed
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

कञ्चनबारी महोत्सवमा साेमबार गायिका कुस्मीकाे प्रस्तुती रहने

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

विराटनगर, वैशाख ३ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा साेमबार प्रसिद्ध गायिका तथा माेडल अन्जु कुस्मी आउने भएकी छिन् । उनी प्राय थारु भाषाकाे माध्यमबाट आधुनिक संगित प्रस्तुत गर्दछिन् । धनगढी मुल घर भई काठमाडाैं संगतकर्म गर्दै आएकी कुस्मीकाे युटुबमा मिलियन्स अफ भ्युज र फेसबुकमा लाखाैकाे शंख्यामा फ्यान छन् ।

यस अघि कलाकार प्रिति पासवान, गायक मेलिना राई, महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । मेलिना राईले पिरिम नलाउने, नाच फिरीरी, सिरैमा सरबन्दी लगाएतकाे दर्जनाैं हिट गानामा स्वर दिएकी छिन् । मेलिना राई

‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ विराटनगरकाे आयलनिगम कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी जारी छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा भएको मेला चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुदैछ । मेलाकाे आयाेजना साझा प्रयास नेपालले गरिरहेको छ । मेलामा ८० व्यापरिक स्टल छन्  । र दैनिक सांस्कृतिक एवं मनाेरञ्नात्मक प्रस्तुतीहरु पनि हुने गरेका छन् । मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ ।

संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने आशा ब्यक्त गरिन । महिलाहरुमात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काले गरिन् । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]