१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

नेपाल र कतारबीच समझदारीमा हस्ताक्षर

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, बैशाख १३, २०८१

काठमाडौं, १३ वैशाख । कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । त्यसअघि होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

भेटवार्ता सकिपछि नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक समेत सम्पन्न भएको छ। प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोज समेत दिएका थिए । मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी बुधबार नै फर्किसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]

विराटनगर,१७ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श […]

काठमाडौ १२ जेष्ठ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् ।