२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन : मेयर कोइराला

Logo
जनचर्चा संवाददाता

विराटनगर,१९ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण बेरोजगारी समस्या बढ्दै गएको दाबी गर्नुभयो । ‘कलेजस्तरको पढाइ पूरा गरेपछि त्यो विद्यार्थीले रोजगारी पाउनुपर्छ । रोजगारी गर्न चाहँदैन भने आफैं स्वरोजगार हुने सीप र ज्ञान प्राप्त गरेको हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘किताबी ज्ञानसँगै बाहिरका व्यवहारिक ज्ञान पनि दिनुपर्छ । पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन । अन्य पेशा व्यवसाय गरेर आत्मनिर्भर पनि हुन सकिन्छ । अबको शिक्षा रोजगारमूलक हुनुपदर्छ ।’

विदेशतिर निश्चित उमेरसम्म मात्रै अभिभावकले छोराछोरीको दायित्व निर्वाह गर्ने गरेको स्मरण गर्नुभयो । ‘त्यसपछि छोराछोरी आफैंले जागिर गर्ने हो कि, व्यापार व्यवसाय गर्ने हो कि के गर्ने हो उनीहरु आफैंले डिसाइट गरेर आत्मनिर्भर हुनुपर्दछ,’ मेयर कोइरालाले थप्नुभयो, ‘किनभने उनीहरुले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षालाई जोड दिएका छन् । हामीकहाँ सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण हरेक वर्ष बेरोजगारी समस्या बढ्दै गएको छ ।’

अधिकांश शैक्षिक संस्थाले घोकन्ते शिक्षालाई मात्रै प्राथिमकता दिएको उहाँले बताउनुभयो । विद्यालयस्तरदेखि नै पाठ्यक्रममा आमूल परिवर्तन गर्नु जरुरी रहेको उहाँको कथन थियो । ‘किताबभन्दा बाहिर पनि अर्को संसार छ भनेर विद्यार्थीलाई बुझाउनु जरुरी छ । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिरको ज्ञान ग्रहण गर्न सहज हुने देखिन्छ । अझ विद्यार्थीको ज्ञानको भण्डारलाई थप फराकिलो बनाउनुका साथै बौद्धिकस्तरलाई पनि बढाउँछ,’ उहाँले भन्नुभयो ।

जुनियर जेसीजले विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटको प्रायोजनमा प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम, जनता मावि इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् । विजेता विद्यालयलाई प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला, काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबरा, श्याम काबरा, प्रतियोगिता सञ्चालक (क्वीज मास्टर) डा. सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कर्णलगायतले विजेयता स्कुललाई क्रमशः ११, ७ र ५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]