१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन : मेयर कोइराला

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, बैशाख १९, २०८१

विराटनगर,१९ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण बेरोजगारी समस्या बढ्दै गएको दाबी गर्नुभयो । ‘कलेजस्तरको पढाइ पूरा गरेपछि त्यो विद्यार्थीले रोजगारी पाउनुपर्छ । रोजगारी गर्न चाहँदैन भने आफैं स्वरोजगार हुने सीप र ज्ञान प्राप्त गरेको हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘किताबी ज्ञानसँगै बाहिरका व्यवहारिक ज्ञान पनि दिनुपर्छ । पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन । अन्य पेशा व्यवसाय गरेर आत्मनिर्भर पनि हुन सकिन्छ । अबको शिक्षा रोजगारमूलक हुनुपदर्छ ।’

विदेशतिर निश्चित उमेरसम्म मात्रै अभिभावकले छोराछोरीको दायित्व निर्वाह गर्ने गरेको स्मरण गर्नुभयो । ‘त्यसपछि छोराछोरी आफैंले जागिर गर्ने हो कि, व्यापार व्यवसाय गर्ने हो कि के गर्ने हो उनीहरु आफैंले डिसाइट गरेर आत्मनिर्भर हुनुपर्दछ,’ मेयर कोइरालाले थप्नुभयो, ‘किनभने उनीहरुले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षालाई जोड दिएका छन् । हामीकहाँ सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण हरेक वर्ष बेरोजगारी समस्या बढ्दै गएको छ ।’

अधिकांश शैक्षिक संस्थाले घोकन्ते शिक्षालाई मात्रै प्राथिमकता दिएको उहाँले बताउनुभयो । विद्यालयस्तरदेखि नै पाठ्यक्रममा आमूल परिवर्तन गर्नु जरुरी रहेको उहाँको कथन थियो । ‘किताबभन्दा बाहिर पनि अर्को संसार छ भनेर विद्यार्थीलाई बुझाउनु जरुरी छ । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिरको ज्ञान ग्रहण गर्न सहज हुने देखिन्छ । अझ विद्यार्थीको ज्ञानको भण्डारलाई थप फराकिलो बनाउनुका साथै बौद्धिकस्तरलाई पनि बढाउँछ,’ उहाँले भन्नुभयो ।

जुनियर जेसीजले विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटको प्रायोजनमा प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम, जनता मावि इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् । विजेता विद्यालयलाई प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला, काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबरा, श्याम काबरा, प्रतियोगिता सञ्चालक (क्वीज मास्टर) डा. सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कर्णलगायतले विजेयता स्कुललाई क्रमशः ११, ७ र ५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]