११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

ठगी राेक्न सचेत र जागरुक उपभोक्ताको खाँचो : मेयर नागेश कोइराला

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, बैशाख २१, २०८१

विराटनगर,२१बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत र जागरुक उपभोक्ताको खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म उपभोक्ता आफैं सचेत हुँदैन तबसम्म उपभोक्ता अधिकार स्थापित हुँदैन । गुणस्तर, तौल र मूल्यमा हुने ठगी रोकिँदैन ।’

बजार अनुगमन स्थानीय सरकारको अधिकार क्षेत्रभित्र परे पनि समन्वयका अभावमा अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले अन्य सरकारी निकायका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनुपर्दा समस्या देखिएको उल्लेख गर्नुभयो । ‘ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको जिम्मेवारी तोकेको छ । गुणस्तर, नापतौल, प्रशासनलगायतका सरकारी निकायका प्रतिनिधिले आलटाल गर्दछन्,’ उहाँले थप्नुभयो, ‘जसले गर्दा अनुगमन प्रभावकारी भइरहेको छैन ।’

सामानको गुणस्तर, उपभोग्य मिति, मूल्य सबै हेरेर मात्रै खरिद गर्ने बानीको विकास गर्नु जरुरी रहेको उहाँको भनाइ थियो । सामान्य नागरिकदेखि राष्ट्रपतिसम्म उपभोक्ता भएकाले उपभोक्ताको हक अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जन्मेदेखि नमरुञ्जेलसम्म सबै नागरिक उपभोक्ता हुन् । स्वयम् उत्पादक र विक्रेता पनि उपभोक्ता हुन् । किनभने उनीहरूले आफूले उपभोग गर्ने कुनै न कुनै सामान खरिद गरेकै हुन्छन्,’ मेयर कोइरालाले भन्नुभयो ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, अधिकारकर्मी भारती उपाध्याय, आयोजक संस्थाकी अध्यक्ष शोभा निरौला, उपाध्यक्ष भूमिका गिरी, सचिव चूडा ठकुरीलगायतले उपभोक्ता अधिकारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । एकदिने प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईले खाद्य स्वच्छता र गुणस्तर नियमन, गुणस्तर तथा नापतौलसम्बन्धी आधारभूत विषयमा जानकारी गराउनु भएको थियो । उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रममा एक सय जना महिला सहभागी भएको आयोजक संस्थाकी सचिव चूडा ठकुरीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]