२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

कोशीमा हिक्मतकुमार मुख्यमन्त्री नियुक्त, निवर्तमान मुख्यमन्त्री केदार अदालतमा

Logo
जनचर्चा संवाददाता

विराटनगर,२८ बैशाख । बिहिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको  १६८ (५)   अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहिबारनै पद तथा गाेपनीयताको शपथ समेत लिईसकेका छन्।

अदालतमा रिट
बिहिबारनै कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट परी दर्ता समेत भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो । रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । उनले नयाँ सरकार गठन असंवैधानिक भएको दाबी गरेका छन्।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]