०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

मन्दिरमा शुद्ध पिउने पानिको व्यवस्था

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, बैशाख ३०, २०८१

विराटनगर,३० बैशाख । विराटनगर स्थित हस्पिटल चोकमा रहेको गणेश मन्दिर अगाडि शुद्ध पिउने पानिको व्यवस्था गरिएको छ । गणेश मन्दिर व्यवस्थापन तथा दाता परिवारले यो व्यवस्थापन गरेको हो । झण्डै ५ लाख लागतमा मन्दिर परिसरमा आउने भक्तजन र बटुवाहरुलाई लक्षित गरि खानेपानिको प्रवन्ध गरिएको मन्दिर व्यवस्थापन तथा दाता परिवारका सदस्य लवसुन्दर श्रेष्ठले जानकारी दिए ।

उक्त खानेपानिको शुक्रबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले उद्घाटन गरेका छन् । धाराबाट चिसो पानि खान मिल्ने गरी बनाइएको छ । खरिदार स्व.मथुरालाल श्रेष्ठ र उहाँकी धर्मपत्नी गुणलक्ष्मी श्रेष्ठ वि.स.२००१ सालमा गणेश मन्दिर बनाएर समाजलाई हस्तान्तरण गरिएको थियो । अहिले धेरै भक्तहरु मनोकामना पुग्ने विस्वासका साथ उक्त गणेश मन्दिर पुग्ने गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद पराजुलीले धर्म,सस्कृति संरक्षणमा लाग्न सुझाए । बटुवा र मन्दिरलाई समेत हुनेगरी सुद्ध खानेपानिको व्यवस्थापन गरेर मन्दिर सन्चालक समितिले सर्र्हानीय कार्य गरेको बताए । यस्तै स साना समाजिक कार्यहरुले समाजका आवश्यकताहरु परिपूर्ती हुदै जाने विस्वास गरे । मन भएका दाताहरुलाई विराटनगरका विभिन्न ठाउँमा यस प्रकृतिका कार्यहरु गर्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]