०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मन्दिरमा शुद्ध पिउने पानिको व्यवस्था

Logo
जनचर्चा संवाददाता

विराटनगर,३० बैशाख । विराटनगर स्थित हस्पिटल चोकमा रहेको गणेश मन्दिर अगाडि शुद्ध पिउने पानिको व्यवस्था गरिएको छ । गणेश मन्दिर व्यवस्थापन तथा दाता परिवारले यो व्यवस्थापन गरेको हो । झण्डै ५ लाख लागतमा मन्दिर परिसरमा आउने भक्तजन र बटुवाहरुलाई लक्षित गरि खानेपानिको प्रवन्ध गरिएको मन्दिर व्यवस्थापन तथा दाता परिवारका सदस्य लवसुन्दर श्रेष्ठले जानकारी दिए ।

उक्त खानेपानिको शुक्रबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले उद्घाटन गरेका छन् । धाराबाट चिसो पानि खान मिल्ने गरी बनाइएको छ । खरिदार स्व.मथुरालाल श्रेष्ठ र उहाँकी धर्मपत्नी गुणलक्ष्मी श्रेष्ठ वि.स.२००१ सालमा गणेश मन्दिर बनाएर समाजलाई हस्तान्तरण गरिएको थियो । अहिले धेरै भक्तहरु मनोकामना पुग्ने विस्वासका साथ उक्त गणेश मन्दिर पुग्ने गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद पराजुलीले धर्म,सस्कृति संरक्षणमा लाग्न सुझाए । बटुवा र मन्दिरलाई समेत हुनेगरी सुद्ध खानेपानिको व्यवस्थापन गरेर मन्दिर सन्चालक समितिले सर्र्हानीय कार्य गरेको बताए । यस्तै स साना समाजिक कार्यहरुले समाजका आवश्यकताहरु परिपूर्ती हुदै जाने विस्वास गरे । मन भएका दाताहरुलाई विराटनगरका विभिन्न ठाउँमा यस प्रकृतिका कार्यहरु गर्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]