१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अब विराटनगरकाे मुख्य बजारमा एनबीएससी

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, जेठ ०१, २०८१

विराटनगर, जेठ २ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ ।

जेठ महिनाभरी एनबीएससीले हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत राख्ने भएकाे छ । साथै यस स्वरूपमा विभिन्न ब्राण्डका ल्यापटप र कम्प्युटर पनि उपलब्ध हुने प्रवन्धक अतहर अन्सारीले जानकारी दिएका छन् । एनबीएससीले  शाखा विस्तारकाे अवसरमा आकर्षक छुटको व्यवस्था समेत गरेको छ । एनबीएससीकाे हरेक सामानमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको समेत अन्सारी बताउँछन् ।

शोरुममा सामसुङ, हायर, गे लिफर, प्यानासोनिक, हाइसेन्स, ३ स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरु यस सोरुममा सुपथ मूल्यमा पाउन सकिन्छ । ग्राहकहरुलाई एक लाखभन्दा माथिको सामान खरिदमा लक्की ड्र मार्फत एसी, वासिङ मसिन, फ्रिज उपहार दिने प्रवन्धक अतहर अन्सारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]