०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मुख्य बजारमा खुल्याे एनबीएससीकाे आउटलेट, भाग्यशाली ग्राहकलाई एसी, वासिङ्ग मेसिन र फ्रिज उपहार

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ २ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याएकाे छ । बुधबार एनबीएससीले विराटनगरकाे मैन रोड सेन्ट्रल मल अगाडि तेस्रो शाखा आपचारिक समउद्घाटन गरेकाे छ।

उद्घाटनकाे अवसरमा  जेठ महिनाभरी एनबीएससीले हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत राख्ने भएकाे छ ।  एनबीएससीले  शाखा विस्तारकाे अवसरमा आकर्षक छुटको व्यवस्था समेत गरेको छ ।  यहाँ हरेक सामानमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएकाे प्रवन्धक अतहर अन्सारीले जनाकारी दिए। साथै जेठ महिनमा समान खरिद गर्ने  कस्टमरहरुमध्यबाट लक्की-ड्र गराई कम्पनीले एसी, वासिङ्ग मेसिन र फ्रिज समेत उपहार दिने भएकाे छ ।

शोरुममा सामसुङ, हायर, गे लिफर, प्यानासोनिक, हाइसेन्स, ३ स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरु यस सोरुममा सुपथ मूल्यमा पाउन सकिन्छ । यस स्वरूममा हाेम एम्लाईन्सका समानहरुकाे साथै विभिन्न ब्राण्डका ल्यापटप र कम्प्युटर समेत राखिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]