०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

‘बुक फ्रि डे’ र ‘होमवर्क फ्रि डे’को माग गर्दै अदालतमा रिट

Logo
जनचर्चा संवाददाता

२० जेष्ठ, विराटनगर । अधिबक्ता गुणराज (सुजन) दाहालले उच्च अदालत विराटनगरमा सार्वजनिक सरोकारको मुद्धा दायर गरेका छन् । विराटनगर महानगरपालिका भित्र संचालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा शुक्रबार ‘बुक फ्रि डे’, शनिबार ‘होमवर्क फ्रि डे’ र सरकारले सार्वजनिक विदा दिएको दिन ‘अनिवार्य र पूर्ण रुपमा स्कूल बन्द गर्नु पर्ने’ माग राखी विराटनगर महानगरपालिकालाई विपक्षी बनाई शुक्रबार रिट निवेदन दायर गरेका हुन् । उक्त रिट निवदनको सुनुवाईको लागि आईतबार पेशी तोकिएको छ ।

विराटनगर महानगरपालिकाको “खेल्दै सिक्दै कार्यक्रम संचालन कार्यविधि, २०८०” लाई बिज्ञ व्यत्तिहरु सम्मिलित समिति बनाई अझ परिकृत र परिमार्जित गर्दै पाठ्यक्रममा आधारित कार्यक्रम मात्र नवनाई सीपमूलक, व्यवहारिक र एक्सट्रा एक्टिभिटी क्रियाकलाप समेत समेटिने गरी कार्यविधिमा संसोधन र परिमार्जन गरी लागु गर्नु गराउनु पर्ने  निवेदक दाहालले माग गरेका छन् । खेल्दै सिक्दै कार्यक्रम शैक्षिक क्यालेण्डरमा नै उल्लेख गरी मंगलवारको सट्टा शुक्रबार लागु गर्नु पर्ने, सो कार्यक्रमको प्रतिवेदन नीजि तथा सामुदायिक सवै विद्यालयहरुले शैक्षिक प्रशासन महाशाखामा त्रैमासिक रुपमा पेश गर्नु पर्ने र बार्षिक शैक्षिक क्यालेण्डर अविलम्ब तयार गरी नीजि र सामुदायिक विद्यालयमा कडाइका साथ लागु गर्नु गराउनु पर्ने पनि निवेदनमा जिकिर गरिएको छ । टिफिन टाइम अगाडी पाठ्यक्रममा आधारित सीपमूलक, व्यवहारिक ज्ञान दिने र टिफिन पछि एक्ट्रा एक्टिभिटी अन्तर्गतका शैक्षणिक क्रियाकलाप संचालन गरी हप्ताको एक दिन शुक्रबार पूर्ण रुपमा ‘बुक फ्रि डे’ लागु गर्नु गराउनु पर्ने समेत निवेदकको माग छ ।

नगर शिक्षा समितिबाट २०८०÷१०÷१८ गते स्वीकृत भएको “खेल्दै सिक्दै कार्यक्रम संचालन कार्यविधि, २०८०” लागु गर्ने जिम्मेवारी लिई बसेको शैक्षिक प्रशासन महाशाखा प्रमुख लगायत अन्य पदाधिकारी, जनप्रतिनिधि र कर्मचारी, परिपत्र पालना नगर्ने स्कूलहरुका प्रधानाध्यापकलाई कानूनी दायित्व पूरा नगरेकोमा छानविन गरी विभागीय वा अन्य आवश्यक कारवाही गर्नु गराउनु भनी महानगरपालिकाको नाममा आदेश जारी गरी पाउँ भन्ने समेतको माग निवेदकले गरेका छन् ।
त्यस्तै अन्य माँगहरुमा शनिबार ‘होमवर्क फ्रि डे’ लागू गर्नु पर्ने जसमा शनिवार गर्नु पर्ने गरी विद्यालयले शुक्रबार वा अन्य दिन अत्याधिक होमबर्क दिइदा बच्चाले घरबाट सिक्नु पर्ने जीवन उपयोगी कुराहरु सिक्न र गर्नबाट बन्चित हुन पुगेको निवेदनमा उल्लेख छ ।
वालबालिकाले शनिवार कपडा धुन, पट्याउन, नङ काट्न, कपाल कोर्न, टाँक÷बटम लगाउन, उध्रिएको कपडा सिलाउन, बारीमा कोदालो खन्न, विरुवा उमार्न, घाँस काटन, गाई गोठको स्थलगत जानकारी लिन, खाना पकाउन, चिया पकाउन सिक्ने र परिवारसंग समय विताउने कार्यमा सहभागी हुनु पर्नेमा सधै होमवर्क नै गरिरहनु पर्ने अवस्था रहेकोले यी सम्पूर्ण कुराहरुलाई मनन गरी व्यवस्थित नीति तर्जुमा गरी शनिवार गर्नु पर्ने गरी शुक्रवार वा अन्य दिन विद्यार्थीहरुलाई होमवर्क नदिई शनिबार पूर्ण रुपमा ‘होमवर्क फ्रि डे’ लागू गर्नु पर्ने माग समेत निवेदकले गरेका छन् ।
यसरी नै सरकारले सार्वजनिक विदा दिएको दिन स्कूल पूर्ण रुपमा बन्द गर्नु पर्ने अर्काे माग पनि रिट निवेदनमा गरिएको छ । सरकारद्धारा घोषणा गरेको विदालाई अटेर गरी विद्यालय लगाउने कार्यले सरकारको आदेशको उल्लघन हुनुको साथै विद्यार्थीहरुको विदामा रमाउने र घुम्न पाउने अधिकार समेत हनन हुन जाने र सरकारले शनिवारको विदा रिफरेर्समेन्टका लागि दिएको हुँदा स्कूल लगाएर बालबालिकालाई टर्चर दिईदा बच्चाहरुको हक हनन भएको हुँदा सरकारले घोषणा गरेको र्साजनिक विदाको दिन पूर्ण रुपमा स्कूल बन्द गराउनु कुनै पनि बहानामा पठनपाठन नगर्नु नगराउनु भनी आदेशको माग गरीएको छ । साथै सरकारले दिएका सार्वजनिक विदाका दिनमा पनि कुनै विद्यालयले विद्यालय लगाउने काम गरी सरकारलाई अटेर गरेमा नियमानुसार कारवाही गर्नु भनी विपक्षी महानगरपालिकाको नाउँमा परमादेशको आदेश जारी गरी पाँउ भन्ने समेत निवेदकको माग रहेको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]