०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बिश्व पदयात्री रोहनलाई झापामा स्वागत

Logo
जनचर्चा संवाददाता

झापा, असार १ । पर्याबरण संरक्षणको सन्देश प्रवाह गर्दै विश्व पैदाल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् ।  भारतको महाराष्ट्रस्थित नागपूराका २२ वर्षीय रोहनले पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र वंगलादेशको पैददलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहनले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरी झापा आइपुगेका हुन् ।

अर्थ डे अर्गनाइजेशन दक्षिण भारतका महासचिव समेत रहेका उनी झापा आइपुगेसंगै बिर्तामोडस्थित उद्योग वाणिज्यसंघले स्वागत सम्मान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, पूर्ब अध्यक्ष बलराम कार्की लगायत संघका पदाधिकारीले अग्रवाललाई संघको कार्यालयमा स्वागत सम्मान गरेका हुन् ।
जलवायु परिवर्तनको असरका विषयमा जनचेतना फैलाउँदै नेपालका सबै जिल्ला पैदलयात्राबाटै पूरा गर्ने लक्ष्य सहित विश्व भ्रमणमा निस्किएका उनलाई सम्मान स्वरुप १० हजार रुपैयाँ समेत प्रदान गरिएको छ । नगद प्रदान गर्दै संघका अध्यक्ष न्योपानेले अग्रवालको विश्व पदयात्रा सफलताको शुभकामना दिएका छन् ।

२५ अगष्ट २०२० मा भारतको वनारसबाट विश्व भ्रमणको पदयात्रामा निस्किएका रोहनले हालसम्म २२ हजार किलोमिटर हिँडेर पार गरेका छन् । नेपालको पदयात्रा समापनसंगै उनी कम्वोडिया, म्यानमार, मंगोलिया हुँदै रुस जाने बताइएको छ । विश्वकै सबैभन्दा चियो ठाउँ मध्येको रुसको साइवेरियास्थित ओम्याकोन समेत हिँडेरै पुग्ने उनको लक्ष्य छ । जहाँको औषत तापक्रम माइनस ५५ डिग्री सेल्सियस रहेको छ ।
ओम्याकोनको अहिलेको तापक्रम माइनस ७२ डिग्री सेल्सियस रहेको बताइएको छ । ओम्याकोन भ्रमण सम्पन्न गरेसंगै सार्ककै पहिलो पदयात्रीका रुपमा आफूलाई स्थापित गर्ने उनको लक्ष्य रहेको छ ।
विश्व पदयात्रामा निस्किएका रोहनले देशलाई  प्लाष्टिक मुक्त बनाउन समेत सन्देश प्रवाह गर्दै आएका छन् । १८ वर्षको उमेरबाट उनी विश्व पदयात्रामा निस्किएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]