०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

आदिवासी जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुन्छ: नेता पराजुली

Logo
जनचर्चा संवाददाता

विराटनगर,असार १ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङ क्षेत्र नं. ४ को प्रथम अधिवेशन सुरु भएको छ । ग्रामथान गाउँपालिका स्थित नेताचोकमा भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गरेका छन् । कार्यक्रममा बोल्दै पराजुलीले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताए ।

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नका लागि कांग्रेसले ठूलो भुमिका खेलेको बताए । कांग्रेसलेनै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको नेता पराजुलीले स्मरण समेत गरे ।

आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन आवश्यक रहेको र त्यसको लागि स्वंय नागरिकहरुमा समेत चेतनाको आवश्यकता रहने बताए । उनले जनजातिहरुको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको र अव पनि सोही अनुरुप अगाडि बढ्ने बतााए ।

पार्टिका हरेक गतिविधिमा सामेल भएर अधिकारप्राप्तिको बाटोमा अग्रसर बन्न उनले आग्रह गरे । उनले गुट उपगुट त्यागेर नयाँ सिरावाट कांग्रेसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । यस्तै नेता पराजुलीले कोशी प्रदेशले ल्याउन लागेको बजेटमा प्रतिपक्षिदलहरुलाई बाइपास गरेर ल्याउन खोजिएको भन्दै आपत्ति जनाए । मुख्यमन्त्री र नजिकका मानिसहरुलाई खुसी पार्ने खालको बजेटले जनताको अपेक्षा र भावनालाई कदर गर्न नकिने बताए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष रेखबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सह-सचिव प्रमिला गच्छदार ,कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री दीलिप गच्छदार, मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी,जिल्ला सचिव मोदराज घिमिरे लगायतले कार्यक्रम सफलताको सुभकामना प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]