०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रहरीलाई हातहतिया संबन्धि तालिम

Logo
जनचर्चा संवाददाता

विराटनगर,७ असार । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालन भएको ४ कार्य दिनको “ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तिय लगानी” सम्वन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि खापुङले तालिमको महत्वको बारेमा बताउनु हुदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखि आपसी छलफलद्वारा अन्य प्रहरी कर्मचारीहरुलाई समेत सिकाउन अनुरोध गर्नु भयो । साथै वहाँले बिद्यमान कानुनको अध्ययन गरी कुनै पनि अपराधको सफल अनुसन्धान गर्न सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो । तालिम समापन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयबाट आउनु भएका तालिमका संयोजक प्रहरी उपरीक्षक संजय सिंह थापाले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

असार ४ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी सहायक निरीक्षक दर्जासम्मका ६० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापा सहितको प्रशिक्षक टोलीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]