१२ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

प्रहरीलाई हातहतिया संबन्धि तालिम

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

विराटनगर,७ असार । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालन भएको ४ कार्य दिनको “ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तिय लगानी” सम्वन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि खापुङले तालिमको महत्वको बारेमा बताउनु हुदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखि आपसी छलफलद्वारा अन्य प्रहरी कर्मचारीहरुलाई समेत सिकाउन अनुरोध गर्नु भयो । साथै वहाँले बिद्यमान कानुनको अध्ययन गरी कुनै पनि अपराधको सफल अनुसन्धान गर्न सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो । तालिम समापन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयबाट आउनु भएका तालिमका संयोजक प्रहरी उपरीक्षक संजय सिंह थापाले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

असार ४ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी सहायक निरीक्षक दर्जासम्मका ६० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापा सहितको प्रशिक्षक टोलीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]