२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, आषाढ १६, २०८१

विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ बढाइएको जनाएको छ ।

अब काठमाडौं, पोखरा र दिपायलमा लगायत तेस्रो वर्ग अन्तर्गत पर्ने क्षेत्रमा पेट्रोल १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल १५७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत दाङ लगायत क्षेत्रमा पेट्रोल १६६ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ  तथा पहिलो वर्गमा पर्ने तराईका अन्य जिल्लाहरुमा पेट्रोल १६४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]