०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रोटरी क्लब विराटनगर फ्युजनको अध्यक्षमा विवेक अग्रवाल निर्वाचित

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २२ । रोटरी क्लब विराटनगर फ्युजनको नयाँ अध्यक्षमा विवेक अग्रवाल निर्वाचित भएका छन्। विराटनगरका युवा उद्यमी अग्रवाल यस क्लबको ८ औं अध्यक्ष हुन्। बुधवार विराटनगरमा आयोजित एक विशेष समारोहमा उनको पदस्थापन गरिएको छ।

रोटरी क्लब विराटनगर फ्युजन विश्वको एकमात्र यस्तो क्लब हो जहाँ केवल विवाहित जोडीहरू मात्र सदस्य हुन सक्छन्। सन् २०१६ मा स्थापित यस क्लबमा हाल १८ जोडी सदस्य छन्। यसको मुख्य उद्देश्य समाजसेवा गर्नु हो र सदस्यहरूले वर्षैभरि विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्।

पदस्थापन कार्यक्रममा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्व गभर्नरहरू गोल्यान, सन्तोष रिजाल, संजय गिरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलिया लगायतका गणमान्य व्यक्तिहरूको उपस्थिति थियो। यसै अवसरमा पत्रकारहरू शंकर खरेल, वीरेन्द्रकुमार साह र सन्तोष बाँस्तोलालाई सम्मान गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]