०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

१७ वर्षीय सुजल कोइरालाद्वारा निर्मित ‘निदान’ चलचित्रको विराटनगरमा प्रदर्शन

Logo
जनचर्चा संवाददाता

विराटनगर,२३ असार । विराटनगरमा ‘निदान’ चलचित्रको प्रदर्शन गरिएको छ । सुजल कोइरालाले यो चलचित्र निर्माण गरेका हुन् । कोइरालाले १७ वर्षको उमेरमा यो चलचित्र बनाएका हुन् । चलचित्रमा विद्यमान राजनीति र जनताको भावना अनुरुपका विकास नभएको भन्दै व्याङ्ग्यात्मक टिप्पणी गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रममा बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले चलचित्र प्रदर्शनको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता पराजुलीले विराटनगर राजनैतिक चेतनाको थलो मात्रै नभएर चलचित्र,साहित्य र कलाक्षेत्रका हरेक विधामा सशक्त रहेको बताए । कलिलो उमेरमै चलचित्र बनाएर सामाजिक क्षेत्रका कुराहरु उठान गरेको भन्दै उनले कोइरालाको प्रशंसा गरे । चलचित्र,साहित्य र कलाक्षेत्र लगायत अन्य विधामा केही गरौ भन्नेहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

शेैक्षिक अभियन्ता तथा एभरेष्ट बोर्डिङका प्रिन्सिपल टिकाराम पुरीले किशोर अवस्थामै चलचित्र बनाएर कोइरालाले आफ्नो भविष्यको शुरुवात गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । उनी आफ्नो विद्यार्थी पनि भएको र नजिक बाट भविष्य बोकेको उर्जाशिल विद्यार्थीकारुपमा आफुले लिएको बताए ।

विराटनगर स्थित परोपकार सामुदायीक भवनको सभाहलमा भएको कार्यक्रममा विराटनगर-३ का वडाध्यक्ष बासु बस्नेत, चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान ,कलाकार इन्द्र परियार,गायक प्रवलदीप विश्वास लगायतको सहभागिता रहेको थियो । सयौ दर्शकहरुले चलचित्र च्यारिटी सो हेदै कोइरालाको प्रशंसा गरेका थिए । आगामी दिनहरुमा अझ उत्कृष्ट फ्लिम बनाउन सकिने सुजलले बताए । कलाक्षेत्रमा केही गरौ भन्ने भावनाका साथ यो क्षेत्र रोजेको उनले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]