०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा जगन्नाथ रथ यात्रा: साई मन्दिरबाट शुरु, नेता पराजुलीद्वारा शुभारम्भ

Logo
जनचर्चा संवाददाता

विराटनगर,२४ असार । विराटनगर स्थित सरोचियामा रहेको साइ मन्दिरबाट आज जगन्नाथ रथ यात्रा निकालिएको छ । जगन्नाथ रथ यात्राको स्मरण गर्दै हरेक असार महिनाको शुक्लपक्षमा विराटनगरमा पनि रथ निकालिन्छ । यसपटकको रथयात्राको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले गरेका छन् । विगत ५ वर्ष यता रथयात्रा निरन्तररुपमा निकालिन थालिएको छ । सन्तोष साइराम संरक्षक तथा साधक रहेको मन्दिरबाट रथ यात्रा निकालेर नगरका विभिन्न भागको परिक्रमा गरी साइमन्दिर लगिएको छ । यसक्रममा केन्द्रीय सदस्य पराजुली रथयात्राभर सहभागी भएका थिए । विराटनगरका विभिन्न धार्मिक समुदायका व्यक्तिहरु समेत रथयात्रामा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]