१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

कलेज र कपडा पसलको अनैतिक साँठगाँठ: भिजिटिङ कार्डले खोल्यो शिक्षादीपकाे पोल

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, आषाढ २४, २०८१

विराटनगर, असार २४ । विराटनगरको शिक्षादीप कलेजले कपडा पसलको भिजिटिङ कार्ड कलेजबाटै विद्यार्थीलाई वितरण गरेपछि, अहिले कलेजमाथि नैतिक प्रश्न उठेको छ ।

पछिल्लो समय मोटो कमिसन लिएर विद्यार्थीहरुलाई ड्रेस बनाउन निश्चित कुनै कपडा पसल कलेजहरुले पठाउने गरेको बजारमा हल्लीखल्ली चलिरहेको बेला शिक्षादीपले भिजिटिङ कार्डनै दिएर विद्यार्थीलाई कपडा पसल पठाएपछि सो कलेज शंकाको घेरामा तानिएको हो ।

शिक्षादीप कलेजले विराटनगरको वाटारोडमा रहेको कामना इम्पेक्स कपडा पसललाई विज्ञान संकायको ड्रेस बनाउने जिम्मा दिएको छ । सोही पसलको भिजिटिङ कार्ड अहिले कलेजबाटै वितरण भइरहेको छ । शिक्षादीपले यसअघिका वर्षहरुमा पनि सोही कपडा पसलसँग काम गराइरहेको समेत बुझ्नमा आएको छ । यस पटक शिक्षादीपको विज्ञान संकायमा १८ सयभन्दा बढी विद्यार्थीलाई भर्ना गराउने कलेजको तयारी छ ।

कामना इम्पेक्स पसलले प्रत्येक विद्यार्थीसँग एक सेट ड्रेस (कोट, पेन्ट, सर्ट र टाई) बनाए बापत ६८ सय ५० रुपैयाँ लिने गरेको छ । अरु पसलले भने ५५ सयमै बनाइदिने गरेको समेत बजार सर्वेबाट पत्ता लागेको छ । तर अरु पसलमा सस्तो पाएपनि कलेजले ड्रेसकोडको लिस्ट सहित कामनाको भिजिटिङ कार्ड स्टिच गरेर दिँदा विद्यार्थीहरु सोही पसलमा मात्रै ड्रेस खरिद गर्न बाध्य छन् ।

यता, शिक्षादीप कलेजले अबको ओरिएन्टेसनमा अनिवार्य ड्रेसमा आउन विद्यार्थीलाई निर्देशन समेत दिइसकेको छ । कलेजले यही श्रावण ३ गते विद्यार्थीको लागि ओरिएन्टेसन क्लास राखेको छ । यस मितिले ओरिएन्टेसनका लागि अब हाराहारी १० दिन मात्र बाँकी छ । कपडा किन्ने र सिलाउने समय एकदमै कम रहेकाले विद्यार्थी पनि दायाँबायाँ नगरी सिधै कलेजले रिफर गरेको पसलमा मात्रै जाने गरेका छन् ।

के छ बजारको कमिसन ट्रेड ?

 विद्यार्थी रेफर गरिदिएवापत प्रत्येक विद्यार्थी एक हजार रुपैयाँ सम्म कलेजले कपडा पसलसँग लिने बजारमा चलन छ । जति ठुलो कलेज त्यती नै ठुलो कमिसनको डिमाण्ड रहने यसपटक कलेजका ठेक्का नपाएका व्यापारीहरु सुनाउँछन् । यस हिसाबले हेर्ने हो भने ठुला कलेजले १० देखि २० लाख रुपैयाँसम्म प्रत्येक भर्नामा कपडा पसलसँग कमिसन पाउने देखिन्छ ।

यस विषयमा कामना इम्पेक्सका संचालक अभिषेक अग्रवालले बजार यसरी नै चलेको छ भनी प्रतिक्रिया दिएका छन् । अरु अरु कपडा पसलहरु पनि यसैगरी चलिरहेको भन्दै अग्रवालले सबैले यो काम बन्द गर्ने हो भने आफूले पनि रेफरको काम नलिने बताएका छन् । त्यस्तै शिक्षादीप कलेजका प्राचार्य ज्ञानु खड्काले आफ्नो कलेजले कुनै पनि खालको कमिसन लिने नगरेको प्रतिक्रिया दिएका छन् । विद्यार्थीलाई कपडा खरिद गर्न सजिलो होस्, कपडाको क्वालिटी र कपडामा रङ्गभेदताको समस्या नआओस् भनेर मात्रै एकद्वार प्रणालीबाट यसलाई लान खोजिएको बताएका छन् ।

तर कलेजहरुले जतिसुकै म चोखो छु भने पनि, बजारमा कलेज र कपडा व्यापारीको बीचको अनैतिक साँठगाँठको विषय ओपन सेक्रेट जस्तै छ । कलेजबाट दिइने ड्रेसकोड लिस्ट सहित स्टिच गरिएको कामना इम्पेक्सको भिजिटिङ कार्डले पनि धेरै पोल खोलिदिएको छ । कुनै एक पसलको भिजिटिङ कार्ड कलेजले आफ्नो अफिसियल कागजपत्रमा एटेच गरेर दिनु अनैतिक र अशोभनीय छ । यो क्रियाकलापले पनि कपडा पसले र कलेजको सम्बन्धलाई स्पष्ट पार्दछ ।

विद्यालयनै यस्तो काममा लागेको शोभनीय देखिदैन, कलेज प्रशासन अब सच्चिन र सुध्रिन जरुरी छ । नभए विद्यार्थीले कलेजबाट के शिक्षा पाउलान् ? कस्तो शिक्षा पाउलान् ? गम्भीर भएर सोच्न जरुरी छ ।

जनचर्चा डटकम परिवार सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]