१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

कोशी प्रदेश सरकारद्वारा चतराधाम महाकुम्भ क्षेत्रको विकासमा जोड

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आषाढ २६, २०८१

मोरङ,२६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको  प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताउनु भएको छ । वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई  आज विराटनगरमा  सम्मान एवं प्रमाणपत्र वितरण  गर्दै उहाँले सरकारको यस वर्षको नीति तथा कार्यक्रममा यस क्षेत्रको विकासका लागि अध्ययन गर्ने,आधारहरु तयार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनु भयो ।
कुम्भ भेला राष्ट्रिय भावना, धार्मिक , संस्कृति, पर्यटन एव राष्ट्रिय पूँजीको विकासको गर्ने महत्वपूर्ण  मेलाको रुपमा रहेको चर्चा गर्दै यस क्षेत्रमा विकासका लागि तीन तहको सरकारले अपनत्व लिएर कार्य गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनु भयो । मुख्यमन्त्री कार्कीले मुलुकको मुख्य पर्यटन क्षेत्र भनेको धार्मिक पर्यटन हो भन्दै सङ्घीय सरकारले यस क्षेत्रको विकासका लागि गुरु योजना ल्याउनु आवश्यक भएको विचार राख्नु भयो ।
उहाँले धार्मिक पर्यटकीय क्षेत्रको विकासबाट दुई छिमेकी मुलुक भारत र चीनबाट  एक दशकभित्र एक करोड भन्दा वढी पर्यटक भित्रिने विश्वास समेत व्यक्त्त गर्नु भयो । मुख्यमन्त्री कार्की प्रदेश सरकारले आगामी वर्ष  २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ को रुपमा मनाउन लागेको निर्णय गरेको जानकारी गराउँदै आउँदो असोज महिनासम्म सुनसरीको धरानदेखि बराहक्षेत्रसम्मको बाटो कालोपत्रे गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।
प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले यस क्षेत्रलाई धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताउनु भयो ।
जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भले मुलुकको अर्थतन्त्र चलायमानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सरकारले यस क्षेत्रको विकासका लागि अपनत्व लिई कार्य गर्नुपर्ने सुझाव दिनु भयो ।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, मूल समारोह समितिका उपाध्यक्ष इन्दिरा रिजालले कुम्भमेलामा विश्वका हिन्दु पर्यटकहरु  ठूला सङख््यामा आगमन भएको  जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]