०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोशी प्रदेश सरकारद्वारा चतराधाम महाकुम्भ क्षेत्रको विकासमा जोड

Logo
जनचर्चा संवाददाता

मोरङ,२६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको  प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताउनु भएको छ । वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई  आज विराटनगरमा  सम्मान एवं प्रमाणपत्र वितरण  गर्दै उहाँले सरकारको यस वर्षको नीति तथा कार्यक्रममा यस क्षेत्रको विकासका लागि अध्ययन गर्ने,आधारहरु तयार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनु भयो ।
कुम्भ भेला राष्ट्रिय भावना, धार्मिक , संस्कृति, पर्यटन एव राष्ट्रिय पूँजीको विकासको गर्ने महत्वपूर्ण  मेलाको रुपमा रहेको चर्चा गर्दै यस क्षेत्रमा विकासका लागि तीन तहको सरकारले अपनत्व लिएर कार्य गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनु भयो । मुख्यमन्त्री कार्कीले मुलुकको मुख्य पर्यटन क्षेत्र भनेको धार्मिक पर्यटन हो भन्दै सङ्घीय सरकारले यस क्षेत्रको विकासका लागि गुरु योजना ल्याउनु आवश्यक भएको विचार राख्नु भयो ।
उहाँले धार्मिक पर्यटकीय क्षेत्रको विकासबाट दुई छिमेकी मुलुक भारत र चीनबाट  एक दशकभित्र एक करोड भन्दा वढी पर्यटक भित्रिने विश्वास समेत व्यक्त्त गर्नु भयो । मुख्यमन्त्री कार्की प्रदेश सरकारले आगामी वर्ष  २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ को रुपमा मनाउन लागेको निर्णय गरेको जानकारी गराउँदै आउँदो असोज महिनासम्म सुनसरीको धरानदेखि बराहक्षेत्रसम्मको बाटो कालोपत्रे गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।
प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले यस क्षेत्रलाई धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताउनु भयो ।
जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भले मुलुकको अर्थतन्त्र चलायमानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सरकारले यस क्षेत्रको विकासका लागि अपनत्व लिई कार्य गर्नुपर्ने सुझाव दिनु भयो ।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, मूल समारोह समितिका उपाध्यक्ष इन्दिरा रिजालले कुम्भमेलामा विश्वका हिन्दु पर्यटकहरु  ठूला सङख््यामा आगमन भएको  जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]