१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

प्रधानमन्त्री ओलीले लिए शपथ ( मन्त्रीहरुको सूची सहित)

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, आषाढ ३१, २०८१

काडमान्डौं, ३१ असार । प्रधानमन्त्रीमा नियुक्त  केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शीतल निवासमा आयाेजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

यस्तै   प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

१‍. केपी शर्मा ओली, प्रधानमन्त्री

२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

५. रमेश लेखक, गृह

६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

७. आरजु राणा देउवा, परराष्ट्र

८. नवलकिशोर साह सुडी, महिला बालबालिका

९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

१३. प्रदीप यादव, खानेपानी

१४. प्रदीप पौडेल, स्वास्थ्य

१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

१६. बद्री प्रसाद पाण्डे, पर्यटन

१७. रामनाथ अधिकारी, कृषि

१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

१९. मानवीर राई, रक्षा

२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा

२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]