०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोशी प्रदेशमा नाइरोबी फ्लाईको आतङ्क, विराटनगरमा पनि छ्यापछ्याप्ती

Logo
जनचर्चा संवाददाता

विराटनगर,श्रावन १ । मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाईको आतङ्क नेपालमा देखिएको छ । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका उठ्ने, घाउ हुने र दागहरु गराउने गर्छ । यो १२ देखि ३६ घण्टामा देखिने गर्छ । यसको रसायनले छाला,वा आखा रातो हुने, चिलाउने, जलन हुने, सुन्निने हुने गर्छ । पछिल्लाे समय याे किरा विराटनगरकाे विभन्न स्थानमा समेत देखिएकाे छ  । विराटनगरका स्वास्थ्य केन्द्रहरुमा यसले टाेकेपछि विरामीहरु आउने क्रम पनि बढ्दाे छ ।

नेपालमा गरेको एक अध्ययनले ‘नाइरोबी आँखा’ विशेषगरी मनसुन सिजनमा देखिने गरेको देखाएको छ । सामान्यतया छालामा देखिने समस्या एकदेखि चार हप्तासम्ममा निको हुँदै जान्छ । तर ब्याक्टेरियाको संक्रमण देखिए चिकित्सकको परामर्शमा औषधि लिनु उपयुक्त हुने कोशी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादव सुझाउछन् । अहिले धेरै विरामीहरु अस्पताल आउने गरेको उनले सुनाए । कोशी प्रदेशमा पनि यो समस्या बढेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]