१२ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

कोशी प्रदेशमा नाइरोबी फ्लाईको आतङ्क, विराटनगरमा पनि छ्यापछ्याप्ती

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, साउन ०१, २०८१

विराटनगर,श्रावन १ । मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाईको आतङ्क नेपालमा देखिएको छ । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका उठ्ने, घाउ हुने र दागहरु गराउने गर्छ । यो १२ देखि ३६ घण्टामा देखिने गर्छ । यसको रसायनले छाला,वा आखा रातो हुने, चिलाउने, जलन हुने, सुन्निने हुने गर्छ । पछिल्लाे समय याे किरा विराटनगरकाे विभन्न स्थानमा समेत देखिएकाे छ  । विराटनगरका स्वास्थ्य केन्द्रहरुमा यसले टाेकेपछि विरामीहरु आउने क्रम पनि बढ्दाे छ ।

नेपालमा गरेको एक अध्ययनले ‘नाइरोबी आँखा’ विशेषगरी मनसुन सिजनमा देखिने गरेको देखाएको छ । सामान्यतया छालामा देखिने समस्या एकदेखि चार हप्तासम्ममा निको हुँदै जान्छ । तर ब्याक्टेरियाको संक्रमण देखिए चिकित्सकको परामर्शमा औषधि लिनु उपयुक्त हुने कोशी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादव सुझाउछन् । अहिले धेरै विरामीहरु अस्पताल आउने गरेको उनले सुनाए । कोशी प्रदेशमा पनि यो समस्या बढेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]