०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

साहित्यकार तथा समाजसेवी भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन

Logo
दिनेश खड्का

विराटनगर, साउन २ ।  साहित्य तथा समाजसेवाका अग्रणी व्यक्तित्व भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ। वि.स. १९९३ मंसिरमा विराटनगरमा जन्मिएका सुराना मध्यम कदका, दाह्री पालेका र मिठो बोली भएका व्यक्तिका रूपमा चिनिन्थे।

हिन्दु विश्वविद्यालय बनारसमा अध्ययन गरेका सुरानाका ६ वटा कृतिहरु प्रकाशित छन्। उनका बुबा मैताव चन्द सुराना नामोद जुट व्यवसायी थिए र उनले पनि बुबाको व्यवसायमा सहयोग गरेका थिए।

धर्म र अध्यात्ममा गहिरो आस्था राख्ने सुरानाले आफ्नो जीवनकालमा साहित्य र समाजसेवामा महत्वपूर्ण योगदान दिएका थिए। उनका तीन छोरा पवन, अशोक र अरुण, तीन छोरी तथा श्रीमती रहेका छन्।

लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित सुरानाको बुधबार मध्यान्ह विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको पार्थिव शरीरलाई बुधबार साँझ रम विश्रान्ती घाट हाटखोलामा अन्तिम संस्कार गरिएको छ।

सुरानाको निधनले नेपाली साहित्य तथा समाजसेवा क्षेत्रमा अपूरणीय क्षति भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]