०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मिस कोशी २०२४ का विजेता र रनरअपहरू सम्मानित

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ४। आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताका विजेता तथा रनरअपहरूलाई बिहीबार विराटनगरमा विशेष सम्मान गरिएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गत शनिबार धरानमा सम्पन्न प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई सम्मानित गरिएको हो।

सम्मानित हुनेहरूमा मिस कोशी २०२४ की विजेता सुनसरी इटहरीकी १९ वर्षीया शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान तामाङ्ग, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राई रहेका छन्। विजेता शुभलक्ष्मी राईले उपाधिसँगै नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी थिइन्।

कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले प्रमुख अतिथिको रूपमा सहभागिता जनाए। उनले यस्ता प्रतियोगिताले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

विजेता शुभलक्ष्मी राईले आफ्नो अर्को लक्ष्य मिस युनिभर्स नेपालको उपाधि जित्ने रहेको बताइन्। उनले भनिन्, “पहिलो पटक भाग लिएको प्रतियोगितामा मिस कोशीको ताज पहिरिन सफल भएँ। अब मेरो लक्ष्य मिस यूनिभर्स नेपालको उपाधि हात पार्ने रहेको छ। यसका लागि म कडा परिश्रम गर्नेछु।”

कार्यक्रममा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय र सिइओ निशा खतिवडा रायले पनि उपस्थित भई विजेताहरूलाई सम्मान गरे। गत शनिबार सम्पन्न फाइनलमा २५ जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]