१२ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

महेन्द्र मोरङमा निबन्ध लेखन प्रतियोगिता : चौधरी प्रथम

Logo
माेहन ढकाल प्रकाशित सोमबार, साउन ०७, २०८१

विराटनगर, साउन ७ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्यानरत छात्र बिजय कुमार चौधरी प्रथम भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस तेस्रो वर्षमा अध्यानरत छात्रा अञ्जली साह द्वितीय र बिबिएस दोस्रो वर्षमा अध्यानरत छात्रा भुमिका घिमिरे तृतीय भइन् ।

‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध लेख्न लगाइएको थियो । कार्यक्रममा क्याम्पस एकाइ समिति संयोजक सरोज यादव, सगरमाथा प्रदेश सह–सचिव मुना बिष्ट, परिषद्का राष्ट्रिय सचिव तथा कोशी विभाग संगठन सचिव विवस कटुवाल लगायत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]