०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

महेन्द्र मोरङमा निबन्ध लेखन प्रतियोगिता : चौधरी प्रथम

Logo
माेहन ढकाल

विराटनगर, साउन ७ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्यानरत छात्र बिजय कुमार चौधरी प्रथम भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस तेस्रो वर्षमा अध्यानरत छात्रा अञ्जली साह द्वितीय र बिबिएस दोस्रो वर्षमा अध्यानरत छात्रा भुमिका घिमिरे तृतीय भइन् ।

‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध लेख्न लगाइएको थियो । कार्यक्रममा क्याम्पस एकाइ समिति संयोजक सरोज यादव, सगरमाथा प्रदेश सह–सचिव मुना बिष्ट, परिषद्का राष्ट्रिय सचिव तथा कोशी विभाग संगठन सचिव विवस कटुवाल लगायत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]