३० आश्विन २०८२, बिहिबार
16-10-2025 , Thu
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

बिरयानीको राज अन्त्य गर्ने गरी विराटनगरमा चाम्रे चुकौनीकाे उदय

Logo
निरज बस्नेत प्रकाशित सोमबार, साउन ०७, २०८१

विराटनगर, साउन ७। विराटनगरको (काेबास कलेज छेउ) निल सदनमा नेपाली मौलिक खानाको स्वाद चाख्न चाहनेहरूका लागि नयाँ गन्तव्य थपिएको छ। हालै खुलेको चाम्रे चुकौनी खाजा घरले नेपाली परम्परागत खानालाई प्राथमिकता दिँदै स्थानीय र पर्यटकहरूलाई आकर्षित गरेको छ।

रेस्टुरेन्टका संचालकका अनुसार, विराटनगरमा बढ्दो संख्यामा खुलिरहेका बिरयानी र अन्य आयातित खानाका होटलहरूको बीचमा नेपालकै मौलिक खाजालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो होटल खोलिएको हो। चाम्रे चुकौनी, जुजु धौं, मटका खीर, योमरी, र बगिया जस्ता नेपाली मौलिक परिकारहरू यहाँ रु. ६० मा उपलब्ध छन्।

व्यवस्थापक रोहन रायमाझीले जानकारी दिए अनुसार, अथेन्टिक चाम्रे चुकौनी र आलुको सेट बनाउनका लागि विशेष तालिम प्राप्त कुक राखिएको छ। उनले सबै नेपाली मौलिक परिकारको स्वाद आधिकारिक रहने दाबी गरेका छन्।

यो शुद्ध शाकाहारी रेस्टुरेन्टको सिट क्षमता हाललाई १५ रहेको छ। आकर्षक इन्टेरियर र फर्निसिङ्ग गरिएको यस रेस्टुरेन्टमा पूर्ण रूपमा एसी जडान गरिएको छ।

नेपाली मौलिक खानाको महत्त्व र स्वादलाई जोगाउँदै, यस रेस्टुरेन्टले बर्गर, पिज्जा, फ्राइड चिकन र बिरयानी जस्ता विदेशी खानाको बढ्दो प्रभावलाई चुनौती दिएको छ। यसले स्थानीय खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]