१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

बीएसएनद्वारा विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने प्रतिबद्धता, नेपालीरीकामा ओरिएन्टेशन सम्पन्न

Logo
निरज बस्नेत प्रकाशित सोमबार, साउन १४, २०८१

विराटनगर, साउन १४। शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका शैक्षिक हस्तीहरूले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ। विराटनगरमा होटल म्यानेजमेन्ट मात्र अध्ययन गराउने एक मात्र विराट शिक्षा निकेतन (बीएसएन) स्कुल अफ होटल म्यानेजमेन्टले शनिबार विराट चोकमा रहेको होटल नेपालीरीकामा एक कार्यक्रमको आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण गराएको हो।

विराटनगर २ तीनपैनीमा यसै वर्षदेखि संचालनमा आएको स्कुल अफ होटल म्यानेजमेन्ट स्कुलमा यसपटक ६३ जना विद्यार्थीले भर्ना गरेका छन्। भर्ना भएका विद्यार्थीहरूलाई  शनिबार विराटचाेकस्थीत ४ तारे होटल नेपालीरीकामा होटल म्यानेजमेन्ट सम्बन्धी जानकारी गराउनुका साथै अवलोकन गराइएको थियो। कार्यक्रममा बीएसएन स्कुलका अध्यक्ष देवराज राजवंशीले विशेष सम्बोधन गर्दै होटल म्यानेजमेन्ट सम्बन्धी विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगैको संस्कार सिकाईमा देशकै उत्कृष्ट बनाउने लक्ष्य रहेको जानकारी गराए।

कलेजकाे अभिभावकत्व  ग्रहण गरेका देवराज राजवंशीले संस्थाकाे सवार्ङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलका छन्। उनकै राम्रो छविको कारण कलेजलाई सबैले विश्वास गरेको बुझ्नमा आएकाे छ। अध्यक्षको नम्र बोल्ने शैली, समानताकाे व्यवहार र अतिथ्यताबाटै विद्यार्थीहरूले ९० प्रतिशत होटल म्यानेजमेन्टको कुरा सिक्नसक्ने उनलाई चिन्नेहरुले कार्यक्रमकाे बिचमै प्रसंसा गरेका थिए। साथै यस कलेजमा आवद्ध हाेटल म्यानेजमेन्टका दिग्गज शिक्षकहरु अजय कुमार चाैधरी, संजय माझी, अमित रंजन यादव लागएतका टाेलीले कलेजकाे अध्यापनलाई उच्च काेटीमा पुर्याउने विश्वास गरिएकाे छ । कलेजकाे नेतृत्वमा रहेका अन्यले पनि यस टिम र देवराज राजव‌ंशीवाट मानविय व्यवहारबारे सिक्नसक्ने सुवर्ण अवसर पाएका छन् ।

कलेजका अनुसार, विद्यार्थीहरूलाई साउन ७ गतेबाट कक्षा संचालन गराइसकेको छ ।  पहिलो वर्षमै विद्यार्थीहरूको रोजाईमा पर्न सफल भएता पनि अझै थुप्रै चुनौतीहरूलाई चिर्न बाँकी रहेको र त्यसको लागि स्कुल व्यवस्थापन र शिक्षकहरूले मेहनतका साथ विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गर्दै जाने कलेजले जनाएकाे छ। गुणस्तरीय शिक्षा दिने उद्देश्यले यस पटक दुई सेक्सन मात्र पढाउने गरी यस कलेजमा खाेलीएकाे भर्नाका सबै सिटहरु अकुपाईड भएपछि कलेज प्रशासनले एसईईकाे पुरकपरिक्षा दिने विद्यार्थीकाे भविष्यलाई ध्यानमा राखी तेस्राे  सक्सन समेत विस्तार गर्ने याेजना अघि सारेकाे छ । तेस्राे सेक्सनकाे लागी कलेजले पुरकपरीक्षापछि भर्ना खाेल्ने तयारी समेत गर्दैछ।

शनिबार सम्पन्न कार्यक्रममा कलेजकाे नेतृत्वकर्ता मनाेज राज‌वंशीकाे आमन्त्रणमा देशकै प्रतिष्ठित मिडियाका प्रतिनिधि, विभिन्न कलेजका प्रमुखहरु तथा समाजका अगुवाहरुलाई बाेलाईएकाे थियाे ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]