०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उद्योग संगठन मोरङले गर्‍ र्यो मौद्रिक नीतिका विषयमा छलफल

Logo
जनचर्चा संवाददाता

विराटनगर,१६ साउन । नेपाल राष्ट्र वैंकले आ.व. २०८१/ ८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका विषयमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितीमा उद्योग संगठन मोरङले कस्तो आयो मौद्रिक नीति ? परिसंवाद कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष  राकेश सुरानाले वर्तमान समयमा वैंकहरुमा पर्याप्त तरलता भएपनि कर्जा प्रवाहमा देखिएको शितिलतालाई मध्यनजर गरी चालुपूंजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनलाईसेस गरी कर्जा समायोजना गर्ने व्यवस्थालाई २०८२ साउन १ गते देखि लागुहुने समयवधि थप गर्ने, लघु, घरेलु, साना तथा मझौला उद्योगका लागि तोकिएको रु. १ करोडको सीमालाई पुनरावलोकन गर्ने, निर्माण व्यवसायीहरुको हकमा गरिएको व्यवस्था, शेयर धितोमा प्रवाह गर्ने कर्जामा विद्यमान रु.२० करोडको सीमा खारेज गर्ने व्यवस्थालाई अर्थतन्त्रलाई केहीहदसम्म चलायमान वनाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी अध्यक्ष्ँ सुरानाले वैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पति तथा गैर वैंकिङ व्यवस्थापन गर्न सम्पति व्यवस्थापन कम्पनी (Asset Management Commpany)  स्थापना गर्ने, ब्याजदर करिडोरको माथिल्लो सीमाको वैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने, लघुवित्त वित्तीय संस्थाको सेवा सम्वन्धमा रहेका गुनासाको सम्वोधन गर्दै ग्राहक हित संरक्षण  गर्न नियामकीय व्यवस्था गर्ने लगायतका विषय सकारात्मक भएको वताए ।

उनले मौद्रिक नीतिबाट सुधारको अपेक्षा लिएका ठुला उत्पादनमूलक उद्योगहरुका समस्या सम्वोधनका साथै उधारो कारोवार नियमनका विषयम मौद्रिक नीति मौन रहनुमा चिन्ता व्यक्त गरे । मौद्रिक नीतिको वुदा नं. ८३ मा उल्लेख गरिएको चेक अनादरलाई आधार मानी कालोसूचीमा राख्ने तथा वैकिङ कारोबार बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्नेगरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्वन्धी निर्देशनमा पुनरावलोन गरिने विषयले आगामी दिनमा कारोवारमा थप विचलन ल्याउने आशंका व्यक्त गर्दै यसतर्फ सजग हुन आग्रह गरे । उनले वैंक तथा निर्माण व्यवसायहरुलाई सहजहुने गरि आएको नीति सरहको व्यवस्थाउत्पादनमूलक उद्योगहरुका लागि आगामी दिनमा राष्ट्र वैंकले जारी गर्ने सर्कुलर र निर्देशिकामा समेटिने विश्वास व्यक्त गरे ।

नेपाल वैंकर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष्ँ एवं एन.एम.वि वैंक लिमिटेडका प्रदेश प्रमुख सन्तोष वुढाथोकीले निर्माण क्ष्ँेत्र, शेयर बजारलाइ नीतिले चलायमान वनाउने धारणा राखे । अर्थतन्त्रको धेरै क्षेत्र  मन्दिबाट प्रभवित भएको अवस्थामा लोनको माग वढाउने गरी राष्ट्र वैंकबाट सर्कुलर आउनेमा आशावादी रहेको उनले वताए ।

सप्तकोशी डेभलपमेन्ट वैंक लि.का दिनेश कुमार पोखरेलले वस्तु उपभोग गर्ने वर्ग देशबाट वाहिरिदै गएकाले आशातित रुपमा बजारमा वस्तुको माग घटदै गएको अवस्थामा विक्तीय क्षेत्रमा  आउन सक्ने दबाबको पूर्व मूल्यांकन गरी आर्थिक स्थायीत्व कायम गर्न र बजार माग वढाउने दिशामा मौद्रिक नीति केन्द्रित हुने विश्वास व्यक्त गरे ।

चार्टर्ड एकाउन्टेन्ट तिर्थ यादवले देशका लागि ब्रेन ड्रेन मुख्य समस्याका रुपमा रहेतापनि रोजगार सिर्जनाका विषयमा र नया रोजगारी सिर्जनाम महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठूला उद्योगहरुलाई तत्काल राहत पु¥याउने सन्दर्भमा मौद्रिक नीतिले सम्वोधन गर्न चुकेको वताउदै त्यस्ता विषयलाई नीतिमै समेटि सकारात्मक वातावरण वनाउनु पर्ने धारणा राखे ।

संगठनका निवर्तमान अध्यक्षले आर्थिक मन्दीको प्रभाव लघुवित्तहरुमा देखिएका समस्याबाट शुरुभएकोले त्यस क्ष्ँेत्रलाई नियमनको दायरामा ल्याउने विषय सकारात्मक भएको वताउदै तुलनात्मक रुपमा विगतको भन्दा यसपटकको मौद्रिक नीतिबाट आफु आशावादी रहेको वताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष   विपिन काबराले मौद्रिक नीतिले बाहिर जान चाहने युवाहरुलाई थप सहजता वनाएकोमा चिन्ता व्यक्त गर्दै वैंकहरुका साथै उद्योगीलाई समेत नीतिले संरक्षण गर्नुपर्ने धारणा राखे ।

संगठनद्धारा आयोजित कार्यक्रममा संगठनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, नेपाल राष्ट्र वैंक कोशी निर्देशनालयका निर्देशक, विभिन्न वैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]