१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

कक्षा १२ मा पोखरीया माविकाे उत्कृष्ट नतिजा

Logo
निरज बस्नेत प्रकाशित मंगलबार, साउन २२, २०८१

विराटनगर, साउन २२ । विराटनगरको पोखरीया माविले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार, विद्यालयका ७५.४५% विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ३३३ परीक्षार्थीमध्ये २४९ जनाले ग्रेड प्राप्त गरेका छन्।

विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार, ११ जना विद्यार्थीले ३.६ भन्दा माथिको जीपीए हासिल गरेका छन्। त्यसैगरी, ७३ जनाले ३.२ देखि ३.६ सम्मको, ८८ जनाले २.८ देखि ३.२ सम्मको, ६८ जनाले २.४ देखि २.८ सम्मको, र ९ जनाले २.० देखि २.४ सम्मको जीपीए प्राप्त गरेका छन्।

पोखरीया माविले पछिल्लाे समय आफूलाई गुणस्तरीय शिक्षाको केन्द्रको रूपमा स्थापित गर्दै आएकाे छ। यो एक सामुदायिक विद्यालय हो जसले प्रवेश परीक्षाको माध्यमबाट विद्यार्थी छनौट गर्दछ। विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ र अंग्रेजी माध्यमको शिक्षा पनि उपलब्ध छ। कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषयहरू पढाइन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]