०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

Logo
जनचर्चा संवाददाता

विराटनगर,७ भदौ । श्रीकृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते  राधाकृष्ण मन्दिर विराटनगर–१ बाट  निकालिने ९३ औँ संस्करणको  राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ । राधाकृष्ण रथयात्रा समितिद्वारा विहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि टिभिबाट सुरक्षा व्यवस्था कायम गरिने जानकारी दिइयो ।
प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्वाई २२ फिट, चौडाई १४ र  उचाइ १८ फिट रहने छ  भने रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठृा(डोरी)लाई पुरुष र महिला भक्तजनहरुलाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ । रथको अग्रभागमा विभिन्न धार्मिक,  जातजाति,सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजन मण्डलीहरु रहने रथयात्रा समारोहका अध्यक्ष कैशाल रेग्मीले जानकारी दिए । रथयात्रा  नगर क्षेत्रका ४३ स्थानमा भक्तजनहरुलाई पूजाअर्चना एवं दर्शन लागि रोक्ने व्यवस्था गरिएको छ।
उक्त रथयात्रामा  मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरि करीव सात  लाख भक्तजनहरुको सहभागिता हुने  अनुमान गरिएको छ।
विस १९८८ देखि खटयात्रा र विस २०२७ सालबाट रथयात्रा निकालिन थालिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  अपरान्ध ३ः३० बजे रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]