१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

राजवंशी भाषाकाे ‘तोर सङे माया’ युट्युबमा

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, भाद्र ०८, २०८१

कटहरी, भदाै ८ । राजवंशी भाषामा बनेकाे “तोर सङे माया” म्यूजिक भिडियो शनिबार रिलिज भएकाे छ। आर आर म्यूजिक प्रोडक्शन युटूब च्यानलबाट साे म्यूजिक भिडियाे रिलिज गरिएकाे छ। यस भिडियोका मुख्य कलाकारहरू दिनेश राजवंशी र सुस्मीता पाण्डे हुन्।

भिडियोलाई आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ६० र ७२ बिघामा रहेको तरराहा सुनसरी जिल्लाको रमणीय स्थलमा शूटिङ गरिएको कलाकार दिनेश राजवंशीले जानकारी दिएका छन्। गीतमा राष्ट्रिय गायक बलबहादुर राजवंशी र अनु चौधरीको मिठो स्वर रहेको छ। यस गीतमा सागर साह (गुरु), कार्तिक राजवंशी, अनिल राजवंशी, सत्यनारायण राजवंशी, रमेश राजवंशी, सुनकुमार राजवंशी, अशोक राजवंशी, मिथुन राजवंशी लगायत अन्य कलाकारहरू समावेश छन्।

झापा, मोरङ र सुनसरी जिल्लामा राजवंशी जातिका विभिन्न समयमा धेरै राजवंशी म्यूजिक भिडियो तथा फिल्महरूको उत्पादन भएको थियो। तर पछिल्लाे समय राजव‌ंशी समुदायबाट छयाकंनका कामहरु घटिरहेकाे पाएईएकाे छ ।

म्यूजिक भिडियाे हेर्न लिकंमा क्लिक गर्नुहाेस् : https://www.youtube.com/watch?v=QKYnwg6zQpg

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]