२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चाख्नु भयो त, विराटनगरको लजिज पिज्जा ?

पिज्जा अब अमेरिकन स्वादमा
Logo

बिराटनगर, भाद्र २७ 
बिराटनगरमा भारतको चर्चित ब्राण्ड “लजिज पिज्जा” को ब्रान्च खुलेको छ । बिराटनगरको जलजला चोकस्थित चाइना बजारको विपरितमा रहेको उक्त रेस्टुरेन्ट बुधबारबाट संचालनमा आएको हो । रेस्टुरेन्टमा बिभिन्न भेराईटिजका पिज्जाका साथै अन्य आइटम समेत पाइने संचालक ऋतिक अग्रवालले जानकारी दिए । “लजिज पिज्जा बिराटनगर” भारतिय  फ़्रान्चाइज् रहेको उनले बताए ।

उक्त रेष्टुरेन्ट संचालनको लागी भारतमा रहेको लजिजको केन्द्रिय तालिम केन्द्रबाट आफु लगाएत ३ जनाले तालिम लिएको संचालक मध्येकै प्रियंका अग्रवालले जानकारी दिईन् । उनी भन्छिन् “नेपालमा ईटालियन पिज्जा मात्र पाउने गरेको छ, हामीले पहिलो पटक नेपालमा अमेरिकन पिज्जा लिएर आएका छौं ”
रेष्टुरेन्टका आर्का पार्टनर मंयक अग्रवालले दैनिक ५० वटा पिज्जा बिक्रि वितरण गर्ने लक्ष्य रहेको बताए । उनले भने “रेष्टुरेन्टको ओपेनिङमा हामीले सोचको भन्दा बढी मान्छे आए ।  कल्पना गरेभन्दा बढी ग्राहक आएपछि २ सय ५० वटा पिज्जा विक्रि गरेपछि हामीले रेष्टुरेन्ट नै बन्द गर्नुपर्ने अवस्था आयो”
लजिजको भारतमा मात्र २२६ बटा शाखा रहेछ । नेपालमा भने नेपालगंजपछिको यो दोस्रो साखा हो । लजिज पिज्जा बिराटनगरमा भेज र नन भेज दुवै खाले पिज्जा लगाएत अन्य परिकार उपलब्ध छ । उक्त रेस्टुरेन्टले आर्को महिनावाट होम डीलेभरी समेत गराउने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]