०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

झापामा महिला उद्यमीकाे ‘तीज विषेश कार्यक्रम’ सम्पन्न

Logo
जनचर्चा संवाददाता

झापा, भदौ २० । झापाका महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् ।  झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको अवसर पारेर महिला अधिकारकर्मीसहित महिला उद्यमीलाई सम्मान गरिएको छ ।  अधिवक्ता लक्ष्मी खनाल कोइराला ( नारी सम्मान) र महिला उद्यमी शर्मिला अधिकारी (युवा महिला प्रोत्साहन पुरस्कार)  प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बास्तोला, विशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने सहितले सम्मान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघकी निर्बतमान महिला उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेको कार्यक्रममा  भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठ, एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाली कांग्रेसकी नेतृ रञ्जीता कार्की लगायतले शुभकामना दिएका थिए । यसैबीच महिलाहरुलाई सामुहिक रुपमा दर समेत खुवाइएको थियो ।
सञ्चारकर्मी तथा महिला उद्यमी समूहकी महासचिव लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया,बिर्तामोड उद्योग वााणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सामाजिक ब्यक्तित्व पार्वता गिरी, लीला मैनाली, लगायतको आतिथ्य रहेको थियो ।
त्यस्तै तीज बिशेष कार्यक्रममा बिर्तामोडका बिभिन्न महिलाहरुका संघ÷संगठनका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिलगायतको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमकै बीच महिला उद्यमी समूहकी सदस्य कविता पोखरेलले आफ्नो जन्मोत्सवको अवसर पारेर ‘व्यवसायी राहत कोष’का लागि ११ हजार रुपैयाँ प्रदान गरेकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]