०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

निर्माण व्यवसायीहरूद्वारा न्यूनतम ठेक्का मूल्य निर्धारणको माग

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, भाद्र २३, २०८१

विराटनगर, भदाै २३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनियोजित र दबाबमा आधारित विकास निर्माणले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। आइतबार निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।

मुख्यमन्त्री कार्कीले भने, “संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभावी निर्माण गरेका संरचनाले केही वर्ष भित्रै समस्या ल्याउन सक्छ।” उनले विशेष गरी कम ट्राफिक भएका क्षेत्रमा फराकिला सडकहरू र एउटै खोलामा धेरै पुलहरू बनाउने प्रवृत्तिको आलोचना गरे।

कार्कीले विकास परियोजनाहरू स्थानीय जनताको जीवनस्तर सुधार गर्ने र आर्थिक लाभ ल्याउने खालका हुनुपर्ने कुरामा समेत जाेड दिए। “विकासलाई स्थानीयको जीवन स्तर सुधार हुने गरी अघि बढाउनुपर्छ,” उनले भने। “अन्धाधुन्ध गरिएको विकासले भविष्यमा मर्मत गर्ने पैसा नभएर समस्या ल्याउनसक्छ।”

कार्यक्रममा, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रले साना ठूला निर्माण व्यवसायीलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गरे। उनले जथाभावी निर्माण व्यवसायीको लाइसेन्स बाँड्ने प्रवृत्तिले निर्माण व्यवसाय मर्यादित नहुने खतरा बढेको धारणा राखे।

निर्माण व्यवसायीहरूले मूल्याङ्कन भन्दा धेरै कममा ठेक्का लिने प्रवृत्तिले विकास आयोजनाहरूमा समस्या देखिएको बताए। उनीहरूले विकासका काममा सरकारी स्टिमेटको १५ प्रतिशत भन्दा कममा ठेक्का लिन नपाउने व्यवस्था ऐनमै हुनुपर्ने माग गरे।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका कानुनले निर्माण व्यवसायलाई असर पारेको भए त्यस्ता कानुन तीन महिना भित्रै संशोधन गर्न आफू तत्पर रहेको जनाए। उनले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकाले संघ सरकारसँग पहल गर्न प्रधानमन्त्रीसँगै कुरा गर्न आफू तयार रहेको बताए।

अन्त्यमा, मुख्यमन्त्री कार्कीले पछिल्लो राजनीतिक समीकरणले जनतामा आशा पलाएको उल्लेख गर्दै, विकास र निर्माणका कामहरूलाई अझ बढी योजनाबद्ध र जनमुखी बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]