३० माघ २०८२, बिहिबार
12-02-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

वाइफाइ रिचार्जको विवादले लियो पत्नीकाे ज्यान

Logo
जनचर्चा संवाददाता

जनकपुर, २०८१, भदाै २६। बाराको निजगढमा एक दुःखद घटना घटेको छ जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। घटनामा उनका दुई छोरीहरू पनि घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार, निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले आफ्नी ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पा प्रहार गरी हत्या गरेका हुन्। आमालाई बचाउन खोज्दा उनका १८ वर्षीया जेठी छोरी गंगा र १५ वर्षीया कान्छी छोरी जमुना पनि घाइते भएका छन्। गंगाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

घटना मंगलबार साँझ साढे ७ बजेतिर भएको थियो। मादक पदार्थ सेवन गरेर घर फर्केका विमल र उनकी श्रीमतीबीच वाइफाइ रिचार्जको विषयमा विवाद भएको थियो। श्रीमतीले रक्सी खान पैसा हुने तर वाइफाइ रिचार्ज गर्न नहुने भनेपछि विवाद चर्किएको र विमलले खुर्पा प्रहार गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]