२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

आजबाट कटहरीमा कृषि एक्स्पो : नेपाली किसान र उत्पादन प्रवर्द्धनमा जोड

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, भाद्र २७, २०८१

कटहरी, २०८१ भदौ २७ – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आजदेखि कटहरीस्थित कृषि थोक बजार परिसरमा कृषि एक्स्पोको आयोजना गर्दैछ। भदौ ३० गतेसम्म चल्ने यस एक्स्पोको मुख्य उद्देश्य नेपाली किसानहरूको उत्पादन प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार याे एक्स्पो विशुद्ध रूपमा कृषि केन्द्रित छ। “विगतमा यस्ता एक्स्पोहरू औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको रूपमा हुने गरेकोमा यस पटक हामीले कृषिसँग सम्बन्धित उत्पादन, सूचना र विषयहरूमा मात्र केन्द्रित गरेका छौं,” उनले भने।

एक्स्पो उद्घाटन समारोहमा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको उपस्थिति रहने कार्यक्रम छ। साथै, भारतको बिहार प्रदेशका कृषि मन्त्री पनि सहभागी हुने जनाइएको छ।

आयोजकका अनुसार एक्स्पोमा बिहार व्यापार एशोसिएसन र कृषि विभागको समन्वयमा २० वटा स्टलसहित उल्लेखनीय सहभागिता रहनेछ। समग्रमा कृषि सम्बन्धी विभिन्न उत्पादन, यन्त्र तथा उपकरण, बीउबिजन र सूचनामूलक सामग्रीहरूका १३० वटा स्टलहरू रहने छन्।

एक्स्पोले किसानहरूलाई आधुनिक कृषि औजार, यन्त्र, उपकरण र खेती पद्धतिका बारेमा जानकारी दिनुका साथै उन्नत जातका बीउबिजन तथा मलखादका बारेमा सूचना प्रदान गर्ने लक्ष्य राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]