०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

आजबाट कटहरीमा कृषि एक्स्पो : नेपाली किसान र उत्पादन प्रवर्द्धनमा जोड

Logo
जनचर्चा संवाददाता

कटहरी, २०८१ भदौ २७ – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आजदेखि कटहरीस्थित कृषि थोक बजार परिसरमा कृषि एक्स्पोको आयोजना गर्दैछ। भदौ ३० गतेसम्म चल्ने यस एक्स्पोको मुख्य उद्देश्य नेपाली किसानहरूको उत्पादन प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार याे एक्स्पो विशुद्ध रूपमा कृषि केन्द्रित छ। “विगतमा यस्ता एक्स्पोहरू औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको रूपमा हुने गरेकोमा यस पटक हामीले कृषिसँग सम्बन्धित उत्पादन, सूचना र विषयहरूमा मात्र केन्द्रित गरेका छौं,” उनले भने।

एक्स्पो उद्घाटन समारोहमा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको उपस्थिति रहने कार्यक्रम छ। साथै, भारतको बिहार प्रदेशका कृषि मन्त्री पनि सहभागी हुने जनाइएको छ।

आयोजकका अनुसार एक्स्पोमा बिहार व्यापार एशोसिएसन र कृषि विभागको समन्वयमा २० वटा स्टलसहित उल्लेखनीय सहभागिता रहनेछ। समग्रमा कृषि सम्बन्धी विभिन्न उत्पादन, यन्त्र तथा उपकरण, बीउबिजन र सूचनामूलक सामग्रीहरूका १३० वटा स्टलहरू रहने छन्।

एक्स्पोले किसानहरूलाई आधुनिक कृषि औजार, यन्त्र, उपकरण र खेती पद्धतिका बारेमा जानकारी दिनुका साथै उन्नत जातका बीउबिजन तथा मलखादका बारेमा सूचना प्रदान गर्ने लक्ष्य राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]