१६ भाद्र २०८२, सोमबार
01-09-2025 , Mon
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

बुद्ध एयर संचालकमाथि “ज्यान मार्ने धम्की”: न्यायको पर्खाइमा वीरेन्द्र बस्नेत

सहोदर भाइबाटै ज्यान जाेगउदै वीरेन्द्र
Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर, असाेज २ । ज्यान मार्ने धम्की पाएका बुद्ध एयरका संचालक वीरेन्द्र बस्नेत अहिले शान्तिसुरक्षा प्रत्याभूत नगराएको भन्दै अदालतमा प्रशासनविरुद्ध मुद्दा लडिरहेका छन्। अंशबण्डाको विवाद चलिरहेको बस्नेत परिवारमा सहोदर भाइ शिवेन्द्र बहादुर बस्नेतले विभिन्न समयमा आफूलाई ज्यान मार्ने धम्की दिँदै आएको दाजु वीरेन्द्रको भनाइ छ। गत वर्षदेखि भाइ शिवेन्द्रबाट तारन्तार ज्यान मार्ने धम्की आउन थालेपछि शान्ति सुरक्षा पाऊँ भन्दै दाजु वीरेन्द्रले प्रहरी प्रशासनलाई गुहारेका थिए।

गत वर्ष २०८० कार्तिकमा ललितपुरस्थित बुद्ध एयरको कार्यालयमा भाइ शिवेन्द्रले आएर आतंक मच्चाएपछि शान्तिसुरक्षा प्रत्याभूति गरिपाऊँ भन्दै दाजु वीरेन्द्रले ललितपुर प्रहरीसमक्ष निवेदन समेत दिएका थिए। विवाद बढ्दै गएपछि मोरङमा रहेको पुस्तैनी खेतीमा कामको सिलसिलामा वीरेन्द्र पुग्दा त्यहाँ समेत भाइ शिवेन्द्रले गोली हानी हत्या गर्ने योजना बनाएको दाजु वीरेन्द्रले थाहा पाए। भाइ शिवेन्द्रबाट मोरङमा पनि असुरक्षित भएपछि दाजु वीरेन्द्रले गत पुस १९ गते जिल्ला प्रशासन कार्यालय मोरङमा पनि शान्तिसुरक्षाको लागि निवेदन दिएका थिए।

तर सो निवेदन उपर चित्तबुझ्दो सुनुवाइ नभएपछि वीरेन्द्रले उच्च अदालत विराटनगरको ढोका ढकढकाए। २०८१ वैशाखमा शान्तिसुरक्षा प्रत्याभूत नगराएको भन्दै मोरङ प्रहरी प्रशासनलाई विपक्षी बनाएर वीरेन्द्रले परमादेश जारी गरी पाऊँ भनी उच्च अदालतसमक्ष निवेदन दिए। वैशाखमा दिएको निवेदनको उपर अहिलेसम्म सुनुवाइ भएको छैन। पछिल्लो पटक भदौ ३१ गते तोकिएको पेशी समेत भाइ शिवेन्द्रको अनुरोधमा सारिएको छ।

उता उच्च अदालत पाटनमा समेत बस्नेत दाजु-भाइबीच अंशसम्बन्धी मुद्दा चलिरहेको छ। दाजु वीरेन्द्रले आफूलाई जालसाझी गरी बुद्ध एयरबाट बेदखल गर्न खोजेको भाइ शिवेन्द्रको भनाइ छ। उता वीरेन्द्रले भने भाइले आफ्नो धेरै अंशहरू विभिन्न प्रोजेक्टमा डुबाइसकेको र बुबाको देहावसानपछि कम्पनीमा उसको केही पनि हिस्सा नरहेको दाबी छ।

भाइ शिवेन्द्र हाल अमेरिकाका ग्रीन कार्ड होल्डर हुन्। बुद्ध एयरमा शिवेन्द्रको श्रीमती र सन्तानको नाममा शेयरहरू भने रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

काठमाडौं ,१४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु […]