१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

झापामा फुलवारी मेला २०८१ को तयारी अन्तिम चरणमा

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, आश्विन २७, २०८१

विर्तामाेड, असाेज २७ । झापाको बाह्रदशी गाउँपालिकामा रहेको फुलवारीमा कोजागरत पूर्णिमाको दिन (कार्तिक १ गते) लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र पारिएकाे छ। ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेला गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लाे समय निकै बढेको छ।

करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रर्दशनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ, झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँएकाे हुन्छ । मेलाको मुख्य आकर्षण संथाल नृत्य हो, जसमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट आएका विभिन्न समुदायका मानिसहले सहभागिता जनाउँछन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कारसहित मेला समितिले सम्मान समेत गर्ने गरेकाे छ।

मेला प्रचार प्रसार विभागका संयाेजक खेम पाैडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अनुमान छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]