१६ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

झापाकाे फुलवारी मेलाका लागी ८० जुलेबीका स्टल बुक

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आश्विन ३०, २०८१

विर्तामाेड, असाेज ३० । कार्तिक १ गते  झापाको फुलवारीमा हुन गईरहेकाे फुलवारी मेलाका लागी जुलेबीको ८० स्टल बुक भइसकेको छ । मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा १०० वटाभन्दा बढी जुलेवीका स्टल बुक हुने अनुमान गरिएको छ। यँहा चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टलहरु पनि बुक भइसकेका आयाेजकले जानकारी दिएकाे छ। कुल ४०० भन्दा बढी व्यापारीले यस मेलामा सहभागिता जनाउने अनुमान गरिएको छ।

फुलवारी माविको खुल्ला दश बिघा क्षेत्रफलमा लाग्ने यो मेला ५-६ दशकदेखि चल्दै आएको पारम्परिक मेला हो। गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लो समय निकै बढेको छ। मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रदर्शनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ र झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँछन्।

मेलाको मुख्य आकर्षण संथाल नृत्य हो, जसमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट आएका विभिन्न समुदायका मानिसहरूले सहभागिता जनाउँछन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई मेला समितिले नगद पुरस्कारसहित सम्मान गर्ने गरेको छ। मेला प्रचार प्रसार विभागका संयोजक खेम पौडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अनुमान छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]