२० आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

नेपालकै सबैभन्दा ठूलो हाट बजार : फुलबारी मेला

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आश्विन ३०, २०८१

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका स्टलको संख्या १०० भन्दा बढी पुग्ने आयोजकको अनुमान छ। त्यसैगरी चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टल पनि बुक भइसकेका छन्। कुल मिलाएर यस वर्षको मेलामा ४०० भन्दा बढी व्यापारीले सहभागिता जनाउने अनुमान गरिएको छ।

फुलबारी माविको खुला दश बिघा क्षेत्रफलमा लाग्ने यो ऐतिहासिक मेलाको इतिहास ५-६ दशक पुरानो छ। गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा र परम्परागत प्रदर्शनीका साथै बालबालिकाका लागि विशेष मनोरञ्जनका साधनहरू रहनेछन्। रोटीपिङ र झुलुङ्गा जस्ता पारम्परिक खेलहरूले मेलालाई थप रोमाञ्चक बनाउने छन्।मेलाको मुख्य आकर्षणको रूपमा रहेको संथाल नृत्यमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरूको सहभागिता रहने छ। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई मेला समितिले नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ।

मेला प्रचार प्रसार विभागका संयोजक खेम पौडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ। आदिवासी समुदायबाट शुरु भएको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बन्न पुगेको छ। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई समेत प्रतिबिम्बित गर्ने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १९ गते । विराटनगरस्थित कान्तिपुर कलेजमा बिहीबार भएको प्रवेश परीक्षामा एक हजार चार सय बत्तीस (१,४३२) जना विद्यार्थीले सहभागिता जनाएका छन्। कलेजले प्लस टु तहमा विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ। यस कलेजकाे यी तीनै संकायमा विद्यार्थीहरूको आकर्षण निरन्तर बढ्दै गएको प्रिन्सिपल भेषराज (भुवन) नेपाल बताउँनुहुन्छ। प्रिन्सिपल नेपालले यस […]

विराटनगर, असार १९ । विराटनगरको लर्डबुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षामा परिक्षार्थीकाे ठूलो घुँइचाे देखिएकाे छ। बिहिबार लिईएकाे प्रवेश परीक्षामा कुल ७५६ जना विद्यार्थी सहभागी भए। यीमध्ये ५४० जनालाई कलेजमा भर्ना गरिनेछ। एसईईमा ४.० जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षामा भाग लिएका छन्। यी सबैलाई कलेजले पूरै फिस माफ गरेर पढाउने छ। कलेजका प्रिन्सिपल […]

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।   […]