२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा जेके ड्राइभिङले ल्यायाे ५ हजारमै रिभिजन काेर्स अफर

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आश्विन ३०, २०८१

विराटनगर, कार्तिक १ । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ।

“हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी नचलाएका व्यक्तिहरूलाई पुनः सडकमा फर्कन सहज वातावरण बनाउन यो कोर्स ल्याएका हौं।” कोर्समा भीडभाडमा ड्राइभिङ, उकालो-ओरालो र पार्किङको विशेष अभ्यास, सानो ठाउँमा गाडी व्यवस्थापन, सुरक्षित ओभरटेक, आपतकालीन ब्रेकिङ र स्टियरिङ नियन्त्रण जस्ता महत्वपूर्ण सीपहरू सिकाइन्छ। साथै, प्रतिकूल मौसम र रात्रिकालीन ड्राइभिङको विशेष तालिम पनि समावेश गरिएको छ।

नयाँ चालकहरूका लागि पनि विशेष प्याकेज उपलब्ध छ। बिगिनर क्लास पनि रु. ५,००० मै उपलब्ध गराइएको छ । फुलकाेर्स गर्नेलाई ट्रायल पास नहुन्जेल निःशुल्क प्रशिक्षण दिइने ग्यारेन्टी समेत गरिएको छ। स्कुलले मोटरसाइकल र साइकल यात्रीसँग सडक साझेदारी, विद्यालय र अस्पताल क्षेत्रमा विशेष सावधानी जस्ता सामाजिक जिम्मेवारीका विषयहरू पनि समावेश गरेको छ।

थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले हाटखोला, विराटनगरमा रहेको जेके ड्राइभिङ स्कुलमा सम्पर्क गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]