१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

झापाकाे फुलबारी मेलामा पाँच करोडको कारोबार, एक लाखभन्दा बढीको सहभागिता

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। यसै अनुभवका आधारमा आगामी वर्षदेखि मेलालाई तीन दिने बनाउने र रात्रिकालीन गतिविधिका लागि प्रकाश व्यवस्थापन गर्ने योजना रहेको आयोजक समितिले जनाएको छ।

फुलबारी माविको दश बिघा क्षेत्रफलमा आयोजित मेलामा ७०० भन्दा बढी व्यापारीहरूले आफ्ना स्टलहरू राखेका थिए। मेलामा जुलेबीका ८०, चटपटेका ६०, फास्टफुडका ४० र खेलौनाका २५ वटा स्टलहरू सञ्चालनमा रहेका थिए। ५-६ दशकदेखि चल्दै आएको यस परम्परागत मेलामा स्थानीय संस्कृति, खानपान, लुगाफाटा र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रदर्शन गरिएको थियो। मेलाको मुख्य आकर्षणको रूपमा रहेको संथाल नृत्यमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरूको सहभागिता रहेको थियो।

शुरुमा आदिवासी समुदायबाट थालनी गरिएको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलोको रूपमा विकसित भएको छ। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]