०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

झापाकाे फुलबारी मेलामा पाँच करोडको कारोबार, एक लाखभन्दा बढीको सहभागिता

Logo
जनचर्चा संवाददाता

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। यसै अनुभवका आधारमा आगामी वर्षदेखि मेलालाई तीन दिने बनाउने र रात्रिकालीन गतिविधिका लागि प्रकाश व्यवस्थापन गर्ने योजना रहेको आयोजक समितिले जनाएको छ।

फुलबारी माविको दश बिघा क्षेत्रफलमा आयोजित मेलामा ७०० भन्दा बढी व्यापारीहरूले आफ्ना स्टलहरू राखेका थिए। मेलामा जुलेबीका ८०, चटपटेका ६०, फास्टफुडका ४० र खेलौनाका २५ वटा स्टलहरू सञ्चालनमा रहेका थिए। ५-६ दशकदेखि चल्दै आएको यस परम्परागत मेलामा स्थानीय संस्कृति, खानपान, लुगाफाटा र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रदर्शन गरिएको थियो। मेलाको मुख्य आकर्षणको रूपमा रहेको संथाल नृत्यमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरूको सहभागिता रहेको थियो।

शुरुमा आदिवासी समुदायबाट थालनी गरिएको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलोको रूपमा विकसित भएको छ। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]